Comments Add Comment

सरकारको गति सुस्त भयो : उपाध्यक्ष ज्ञवाली

शरद रेग्मी

१५ भदौ, दाङ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकारको गति सुस्सत हुँदा राज्यका महत्वपूर्ण काम प्रभावित भएको बताएका छन् । उपाध्यक्ष ज्ञवालीले बाढीपीडितलाई राहात वितरण प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

Youbaraj Gyali-Reporters club dang speechरिपोटर्स क्लब दाङले तुलसीपुरमा आइतबार गरेको सात्क्षात्कारमा एमाले उपाध्यक्ष ज्ञवालीले संविधान निर्माणले गति लिन नसक्नुमा पनि सरकारको सुस्तता भएको आरोप लगाए ।
‘सरकार मन्द गतिमा चल्दा राज्यका महत्वपूर्ण काम प्रभावित भएका छन्’, ज्ञवालीले भने, ‘बाढी पीडितलाई राहात र पुनःस्थापन तथा संविधान निर्माणमा तीब्रताका साथ लिनुपर्ने पहलकदमी लिननसक्दा तोकएको समयमा संविधान बन्न सक्ने अवस्था छैन ।’

क्यालेन्डरमा हेरफेर भएपनि माघ ८ मै संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहनुपर्ने ज्ञवालीको जोड थियो । ‘मस्यौदा समितिको उपाध्यक्ष म हुँ, दलहरुको पहिलो प्राथमिकता सहमतिमा संविधान जारी गर्नू हो’, ज्ञवालीले भने, ‘त्यो संभव नभए प्रकृयामा गएरै संबिधान जारी हुन्छ । कतिपय विषय जटिल छन् तिनलाई जनमत संग्रहमा गएर टुङग्याउनुपर्छ ।’

दलबीचमा राज्यको पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा फरक मत रहेकाले त्यसलाई मिलाउन शीर्ष नेतृत्व लागिरहेको उनले जानकारी दिए ।
राजनीतिक समितिमा आलोपालो अध्यक्ष
एमाओवादी अध्यक्ष प्रचण्डलाई उच्चस्तरीय राजनीतिक समितिको अध्यक्ष बन्न नदिन आफूहरुले विरोध नगरेको उपाध्यक्ष ज्ञवालीको भनाइ छ । ‘उच्चस्तरीय राजनीतिक समितिमा प्रचण्ड आउँदा हामीले विरोध गरेको होइन’, उपाध्यक्ष ज्ञवालीले भने, ‘समितिको अध्यक्षता आलोपालो गर्नुपर्छ भन्न खोजेका हौं ।’

संसदले राष्ट्रपति चिन्नुपर्छ

नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई चिन्दिन भनिरहेका बेला उपाध्यक्ष ज्ञवालीले सात बुँदे सहमति अनुसार अघि बढ्नुपर्ने बताए । ‘सातबुँदे सहमतिमा हस्ताक्षर गर्ने कांग्रेस बच्चा पनि होइन, उसलाई झुक्काएर सहमति भएको होइन’, उपाध्यक्ष ज्ञवालीले भने, ‘त्यसैले त्यो सहमति कार्यान्वयन हुनुपर्छ, संसदले राष्ट्रपति चिन्न पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment