Comments Add Comment

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यसहित २० जुवाडे पक्राउ

IMG_3015
मोरङको पथरीबाट अाइतबार पक्राउ परेका जुवाडेहरू । तस्बीर : सुमन घिमिरे

 सुमन घिमिरे
१५ भदौ, मोरङ । मोरङको पथरी-शनिश्चरे नगरपालिकाबाट २० जना जुवाडेलाई मोरङ प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

जुवाको खाल जमाइरहेका बेला पक्राउ पर्नेमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रिय सदस्य अर्जुन तुम्रुक र कांग्रेसनिकट नेपाली विद्यार्थी संघ सुनसरीका पुर्वसभापति विकाश केसी रहेका छन् ।

पक्राउ पर्ने अन्य जुवाडेमा झापाको दमक नपा-१ का दुर्गा राई, मोरङको उर्लाबारी-५ का राम कार्की ,उर्लाबारी-४ का रितिक केसी , मधुमल्ला-२ का गौरीमान राई, राजघाट-९ का विक्रम लिम्बू, झापाको तोपगाछी-८ का युवराज रेग्मी र सुनसरीको धरान नपा-१३ का सुरेन्द्रकुमार थापा रहेका छन् ।

पक्राउ पर्ने अन्यमा धरान नपा-१६ का अमल राई र झापाको दमक-१३ का दिलिप पाण्डे लगायत छन् । जिल्ला प्रहरी कार्यालय मोरङले जुवाको खालबाट सात लाख ६८ हजार ७ सय ९९ रुपैयाँ ,मोवाइल फोन २३ थान, खाल एक थान र तीनबुक तासका साथै जुवाडेले चढ्न प्रयोग गरेको को १ च ७३२४ नम्बरको स्कोरपियो गाडीसमेत बरामद गरिएको जानकारी गराएको छ ।

विशेष सुराकीको आधारमा जगतबहादुर राईको घरमा जुवा तास खेलीरहेको सूचना प्राप्त हुनासाथ प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालको कमाण्डमा खटिएको टोलीले एक महिलासहित २० जना जुवाडेलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । उनीहरुमाथि जुवा ऐनअन्तर्गत कारवाहीका लागि आइतबारै अदालतबाट म्याद थप गरिने प्रहरी उपरीक्षक पोखरेलले बताए ।

जुवाडेबाट बरामद नगद, मोबाइल फोन र जुवाका काैडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment