Comments Add Comment

भार्गव बैंकको सञ्चालन नाफा डेढ करोड

आरपी सुवेदी

१५ भदौ, नेपालगञ्ज । भार्गव विकास बैंकले एक करोड ५८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । बैंकको ८औं वाषिर्कोत्सवको अवसरमा बैंकका कार्यकारी प्रमुख पुष्करराज जोशीले सो जानकारी दिएका हुन् ।

बैंकले २०६४ साल भदौ १३ बाट आफ्नो सेवा शुरु गरेको थियो । विभिन्न आरोह अवरोह पार गर्दै बाँके, बर्दिया र दाङ्गका विभिन्न क्षेत्रमा ६ वटा शाखा विस्तार गरी सेवा दिन थालेको सिईओ जोशीले बाताए ।

दश करोड चुक्ता पूँजी रहेको बैंकका १ हजार ५ सय ७१ शेयर सदस्य रहेका छन भने ११ हजार ६ सय ७६ जना ग्राहकहरु रहेका छन् ।
बैंकले यस अवधिसम्म ६२ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ करोड ३० लाख रुपैयाँ लगानी गर्न सफल भएको छ ।

सिईओ जोशीका अनुसार बैंकले कृषिर्, उर्जा, पर्यटन, घरेलु तथा साना उद्योगलाई लगानीको प्राथामिकतामा राखेको छ ।

बैंकमा ३६५ दिने बैंकिङ्ग सेवा, अनलाइन एबीबीएस सेवा, विद्युतिया प्रणालीद्धारा चेक क्लियरिङ्ग, सन्ध्याकालिन काउन्टर सेवा एवं रेमिटान्स लगायतका सेवाहरु दिँदै आएको छ ।

बाषिर्कोत्सवको अवसरमा बैंकले नेपालगञ्जको बागेश्वरी मन्दीरमा सरसफाई गर्नुको साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको बैंकका नायव कार्यकारी प्रमुख ओमप्रकाश नेपालीले जानकारी दिए । बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारी, शेयरधनी र बैंकका शुभचिन्तकहरु गरी ३१ जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment