Comments Add Comment

सुराकी लगाएर वीरेन्द्रको सम्पत्ति खोज्न प्रधानमन्त्रीको आग्रह

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सुराकी लगाएर भएपनि पूर्व राजा वीरेन्द्र र उनको नाममा रहेको सम्पत्ति खोज्नु पर्ने बताएका छन् ।

Susil-koiralaआइतबार बिहान नेपाल ट्रष्टको बाषिर्क प्रतिवेदन ग्रहण बुझ्दै कोइरालाले सूचक (सुराकी)हरुलाई केही प्रोत्साहन दिएर भएपनि स्व. राजा वीरेन्द्र, स्व. रानी ऐश्वर्य, स्व. राजा दीपेन्द्र र स्व. युवराज निराजनको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याउनु पर्ने बताए ।

कोइरालाले ट्रष्टको स्वामित्वमा आएको सम्पत्ति पनि सदुपयोग गर्ने कार्ययोजना आवश्यक भएको बताए । ट्रष्टको सम्पत्ति जनताको शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा लगाउनु पर्नेमा उनको जोड थियो ।

अब विकासमा ब्रेक थ्रु

प्रधानमन्त्री कोइरालाले अब नेपालको विकासमा ब्रेक थ्रु हुने बताए । लगानीको लागि विदेशीहरु आइरहेको भन्दै कोइरालाले भने-‘नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । अब एउटा ब्रेक थ्रु हुन्छ । संविधान जसरी पनि आउँछ ।’

निजी क्षेत्र र जनसहभागितामा पनि विकासका प्रयास थालिएको भन्दै उनले ८-१० बर्षमा देशको विकासमा कायापलट हुने दावी गरे । चीन आफ्नो विकास मोडलक किन अनपनाउने भन्न थालेको उनको भनाइ छ ।

प्रधानमन्त्री समक्ष नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले आर्थिक बर्ष २०६९/७० को प्रतिवेदन बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment