Comments Add Comment

सभासद तामाङ भन्छन्- बलात्कारीको गुप्ताङ्ग काट्ने कानून बनाऔं

१५ भदौ, काठमाडौं । नेकपा एमालेका सभासद शेरबहादुर तामाङले बलात्कारीहरुको गुप्ताङ्ग काट्ने कानून बनाउनु पर्ने बताएका छन् । यस्तो गर्न सके मात्र बलात्कार जस्तो अपराध रोकिने मात्र नभए सँधैका लागि अन्त्य हुने उनले बताए ।

तस्वीरः सभासद तामाङको फेसबुकबाट
तस्वीरः सभासद तामाङको फेसबुकबाट

बलात्कारको घटना अति भएको भन्दै सभासद तामाङले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-‘छिः बलात्कार ! अति भो ! अब बलात्कारीलाई अरु कानुनी कारबाही होइन, लिङ्ग काटेर छोडिदिने कानून बनाउनु पर्ला जस्तो छ । यस्तो गर्‍र्यौं भने बलात्कार जस्तो अपराध घट्ने मात्र होइन कि अन्त्य नै हुन्छ ।’

आफ्नो प्रस्तावबारे अनलाइनखबरसँग कुरा गर्दै सभासद तामाङले बलात्कारका घटना रोक्न यो नै उत्तम विकल्प भएको बताए । ‘अहिले बलात्कारमा दोषी नै ठहरिएपनि २/४ वर्ष जेल बस्छ, छुटिहाल्छ’ सभासद तामाङले अनलाइनखबरसँग भने-‘२० वर्ष नै जेल हाले पनि वा मृत्युदण्ड नै दिएपनि मानिसहरु अपराध गर्छन ।’

उनले बलात्कारीको गुप्ताङ्ग नै काटेपछि आफ्नो बंश नाश हुने भएकाले बलात्कारका घटना रोकिने बताए । उनले ठोकुवा गर्दै भने-‘यदि यस्तो कानून बन्यो भने बलात्कारको घटना रोकिन्छ ।’

एमाले सभासद तामाङले विधायनसहितका संसदीय समितिमा बलात्कारसहितका विषयमा छलफल हुँदा आफूले यो प्रस्ताव राख्ने बताए ।

सभासद तामाङले फेसबुकमा लेखेको स्टाटस
सभासद तामाङले फेसबुकमा लेखेको स्टाटस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment