Comments Add Comment

पाकिस्तानमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दुईको मृत्यु

Pakistan-protest

१५ भदौ, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा पुलिस र प्रर्दशनकारीबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ भने चार सय बढी घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी पनि छन् । केही क्षेत्रमा अझै झडप भइरहेको खबर छ ।

प्रधानमन्त्री नवाज शरीफको राजीनामा गर्दै प्रदर्शनकारीहरु उनको निवासतर्फ जान खोजेपछि झडप सुरु भएको थियो । क्रिकेटरबाट नेता बनेका इमरान खान र मौलवी ताहिरुल कादरी र उनकना समर्थकहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै दुई सातादेखि प्रदर्शन गर्दै आएका छन् ।

गत वर्ष भएको चुनावमा धाँधली भएको उनीहरुको आरोप छ । तर, शरीफले भने आरोप अस्वीकार गरेका छन् ।

इस्लामाबाद प्रहरी प्रमुखका अनुसार झडपका क्रममा २ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment