Comments Add Comment

पूर्वराजासहितको गोलमेच सभा गर्न माग

१५ भदौ, काठमाडौं । देशभक्त लोकतान्त्रिक मोर्चाले मुलुकलाई निकाश दिन राजनीतिक स्थायित्व र राष्ट्रिय सहमतिका लागि पूर्वराजासहितको गोलमेच सभा गर्नुपर्ने माग गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर मोर्चाले राजनीतिक गठबन्धनले देशलाई झनै ठूलो संकटमा पुर्‍याएको बताएको छ । मोर्चाका संयोजक मनमोहन शमशेर राणाले आन्दोलनकारी, संसदवादी र देशभक्त लोकतान्त्रिक सबै शक्ति एकै ठाउँमा आउनु पर्नेमा जोड दिए ।

राणाले भने-‘३३ दलीय मोर्चामा हाम्रो पनि सहकार्य रहेको छ । हामीवीच धर्म, दर्शन र संस्कृतिको एकताको लागि सहकार्य गर्छौं । अहिलेको माग भनेको नै लोकतान्त्रिक आधारमा राष्ट्रियतालाई सबल र सुदृढ पार्न पनि मोर्चागत ढंगले अगाडी आउनुपर्छ ।’

मोर्चाले सडक प्रर्दशन र कोण सभाहरुको आयोजना समेत गर्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment