Comments Add Comment

गणेश थापाको नाममा कारण देखाउ आदेश जारी

१५ भदौ, काठमाडौं । पुनरावेदन अदालतले अदालतको अपहेलनासम्वन्धी मुद्दामा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

फ्रेण्ड्स क्लबले दायर गरेको मुद्दामा न्यायाधीश विष्णुदेव पौडेेल र द्वारिकामान जोशीको इजलासले निवेदकको माग बमोजिम किन सजाय हुनु नपर्ने भनि सात दिनभित्र लिखित जवाफ दिन विपक्षीलाई भनेको छ ।

एन्फा अध्यक्ष गणेश थापा र महासचिव धिरेन्द्र प्रधानविरुद्ध शुक्रबार अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।
अदालतमा दायर मुद्दा फिर्ता लिन दबाव दिएर अदालतको अपहेलना गरेको निवेदकको दावी छ ।

ए डिभिजन लिगमा रेफ्रीले धाँधली गरेको र छानविन नै नगरी आफूहरुलाई कारबाही गरेको भन्दै फ्रान्ड्सले एन्फाविरुद्ध २०७० माघ २० गते पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, मुद्दा विचाराधिन रहेको अवस्थामा नै एन्फाले खेलको मुद्दा अदालतमा लैजान नमिल्दै भन्दै फिर्ता लिन चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment