Comments Add Comment

एनआईसी एशियाको शाखा भैरहवामा, सबै क्षेत्रमा लगानी गर्ने

NIC-Asia-Bank-Bhairahawa-Branch
शाखा उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशी

सलमान खान

१५ भदौ, भैरहवा । एनआइसी एसिया बैंकले भैरहवामा शाखा विस्तार गरेको छ । शाखाको आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले समुद्घाटन गरे ।

शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले सबै क्षेत्रमा एनआईसी एसिया बैंकले लगानी गर्ने जानकारी दिए । गत जेठ २५ गते भैरहवामा शाखा स्थापना गरी वित्तीय कारोबार सुरु गरेको बैंकले अढाई महिनामा करीब ५ सय ग्राहक बनाई ३४ करोड निक्षेप संकलन गर्न सफल भएको बैंकको भैरहवा शाखा प्रबन्धक दिनेश थापाले बताए ।

बैंकले ईन्टरनेट तथा मोबाइल बैंकिङ, लकर सुबिधा, इलेक्ट्रोनिक चेक क्लियरिङ, रेमिट्यान्स प्राप्ती र बचत तथा मुद्धतीमा आकर्षक ब्याज दर र प्राय सबै किसिमका कर्जामा लगानी गरेको शाखा प्रबन्धक थापाको भनाई थियो ।

सन् २०१३ मा एनआईसी र बैंक अफ एसिया एक आपसमा गाभिएर बनेको एनआईसी एसिया बैंकको अहिले देशभर ६६ शाखा, ६१ एटीए सञ्चालनमा रहेका छन् । यो बैंक देशभरीमा सबैभन्दा ठुलो नेटवर्क भएको बैंकमध्ये एकमा पर्छ ।

बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४८ करोड सञ्चालन मुनाफा र ८१ करोड ५० लाख खुद मुनाफा आर्जन गरेको थियो । वित्तीय परिसूचकका आधारमा यो बैंक सन् २०१३ मा बैंक अफ द इयर घोषित भएको थियो ।

शाखा उद्घाटन कार्यक्रममा सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद शर्मा, सिद्धार्थ होटल एशोसियसनकाका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ लगायतका व्यवसायीहरुको सहभागीता रहेको थियो ।

उनीहरुले यस क्षेत्रमा पर्यटन, पूर्वाधार विकास, कृषि लगायतका क्षेत्रमा लगानी गर्न बैंक व्यवस्थापनलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment