Comments Add Comment

कालो मासु हुने कुखुरा, एउटा भालेको मूल्य अढाइ लाख !

ayam

कुखुरा चाहे जुन रङको किन नहोस् उसको मासु एउटै रङको अर्थात् रातो नै हुन्छ । तर दुनियामा यस्तो कुखुरा पनि हुँदोरहेछ जसको प्वाँखको रङ निष्पट्ट कालो छ छँदैछ उसको मासुको रङ समेत कालो छ ।

यस्तो अजीव कुखुराको नाम हो अयाम सिमैनी । यो निकै दुर्लभ जात हो । पहिलो यो कुखुरा इण्डोनेसियामा पाइएको थियो भने सन् १९९८ मा यो जातको कुखुराको ब्रिडलाई नेदरल्याण्डको एक प्रजनन कम्पनीले युरोपमा ल्यायो ।

निकै अलग पहिचानको कारण यो कुखुराको माग उच्च छ । सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा एउटा सिमानी जातको कुखुरा २५ सय अमेरिकी डलर अर्थात् झण्डै अढाइ लाख रुपैयाँमा बिक्रि भएको थियो ।

ayam2ayam2

मासु तथा सरीरको बाहिरी भाग मात्र होइन यो कुखुराको बोन म्यारो समेत कालो छ । तर यसको रगत भने कालो नभै रातो छ । यद्यपि निकै गाढा रातो ।
यस्तो कालो मासु हुने कुरालाई वैज्ञानिक भाषामा फाइब्रोमेलानोसिस भनिन्छ । यस्तो मासुमा फलाम लवण उच्च मात्रामा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment