Comments Add Comment

माधव नेपालले भने-एमाओवादीलाई सत्ता बाहिर बस्दाको पीडा भयो

१५ भदौ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाओवादीलाई सत्ता बाहिर बस्दाको पीडा भइरहेको बताएका छन् ।

संसद्को आइतबारको बैठक अवरोध भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले सविधान लेखनको कार्यमा झमेला गरिरहेको आरोप लगाए ।

एमाओवादीले कहिले कुन मोर्चा र कहिले कुन गठबन्धन भन्दै समस्या खडा गरिरहेको भन्दै उनले भने-‘दोस्रो संविधानसभामा निर्वाचन हारेदेखि नै उसले निहुँ खोजिरहेको छ ।’ माओवादीलाई अहिले सत्ता बाहिर बस्दाको पीडा भइरहेको अनुभूत भएको उनको भनाइ छ ।

विसं २०६९ जेठ २ गतेको सहमतिबाट एमाओवादी नै पछि हटेका कारण संविधान बन्न नसकेको भन्दै एमाले नेता नेपालले विद्यमान गतिरोधलाई पुनः वार्तामा बसेर सहमतिमा पुग्नु पर्नेमा जोड दिए ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले उच्चस्तरीय राजनीतिक सहमतिका नाममा संसद्लाई अवरोध गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment