Comments Add Comment

क्यान्सरबाट बचाउँछ गोलभेँडाले

tomato

नियमित रुपमा गोलभेँडा खानाले पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार नियमित रुपमा गोलभेँडा खाएमा पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा झण्डै २० प्रतिशतले घट्दछ ।

विश्वभर पुरुषहरुमा हुने क्यान्सरमध्ये प्रोस्टेट क्यान्सर दोश्रो स्थानमा पर्दछ ।

ब्रिस्टल विश्वविद्यालयका शोधकर्ताहरुले ५० देखि ६९ वर्ष उमेर समूहका २० हजार जना बेलायती पुरुषहरुमा गरेको शोध अनुसार नियमित टमाटर खाने पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा १८ प्रशितले कम हुन्छ ।

फलफूल तथा सागपात नियमित रुपमा खाने मानिसहरुमा कम सागपात तथा फलफूल खाने मानिसहरुमा भन्दा सबै प्रकारका क्यान्सरको जोखिम २४ प्रतिशत कम हुने शोधकर्ताहरुको भनाइ छ ।

गोलभेँडामा हुने लाइकोपिन तत्वमा क्यान्सर प्रतिरोधी गुण हुने बताइएको छ । लाइकोपिन एक एन्टीअक्सिडेन्ट हो जसले डिएनए तथा कोशिकाहरुलाई क्षति पूराउनबाट रोक्दछ ।

शोधकर्ताहरुले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने अन्य दुइ तत्वको सम्भावनाको समेत खोजी गरेका छन् ।
त्यसमध्ये एक हो सेलेनियम, जो आटाबाट बनेका खाद्य पदार्थमा अत्यधिक मात्रामा पाइन्छ । दोश्रो क्याल्सियम, जो दुग्धपदार्थमा समेत पर्याप्त मात्रामा पाइन्छ ।

गोलभेँडासँगै क्याल्सियम तथा सेलेनियम प्रसस्त पाइने खाद्यपदार्थ खाएमा पुरुषहरुमा प्रोस्टेट क्यान्सरको जोखिम कम हुने शोधकर्ताहरुले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment