Comments Add Comment

एन्फा कप फुटबलको तयारी पूरा, विजेतालाई १० लाख

१५ भदौ, काठमाडौं । एन्फा कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल सघले आइतबार पत्रकार सम्मेलन गरी विजेता टोलीले १० लाख र उपविजेतारु पाँच लाख पाउने जानकारी दिएको छ ।

भदौ १७ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका छ क्लब र उपत्यका बाहिरका दुई गरी आठ टोलीले भाग लिने छन् । ‘ए’ डिभिजनका मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) छन् भने उपत्यका बाहिरका झापा फुटबल क्लब र मोरङ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने टोलीले एक लाख प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने एन्फाले जनाएको छ ।

उत्कृष्ट फरवार्ड, मिडफिल्ड, डिफेन्स, प्रशिक्षक र गोलरक्षक घोषित हुने खेलाडी तथा प्रशिक्षकले जनही ५० हजार पाउनेछन् ।

‘ए’ डिभिजनका छ क्लबलाई प्रतियोगिता तयारीको लागि जनही ५० हजार दिइनेछ भने उपत्यकका बाहिरका टोलीलाई आवतजावत खर्चका साथै खाने बस्ने सुविधा मिलाइएको एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment