Comments Add Comment

टोटनहृयामविरुद्ध लिभरपुलको सहज जित

Steven-Gerrard-and-mario

१५ भदौ, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा लिभरपुलले टोटनहृयाममाथि सहज जित हात पारेको छ ।

टोटनहृयामलाई ३-० गोल अन्तरले पराजित गर्दै ब्रेन्डन रोजर्सले लिभरपुलको प्रशिक्षकका रुपमा १०० औं खेलमा जितको खुसी मनाए ।

लिभरपुलले आठौं मिनेटमा रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । एसिमिलानबाट लिभरपुल आएका मारियो बालोटेलीले डेब्यू खेलमा थुप्रै मौका खेल फाले ।

दोस्रो हाफको चौथो मिनेटमा एरिकले जोइ एलनलाई पेनाल्टी एरियामा फल गरेपछि लिभरपुलले पेनाल्टी पयो, जसमा कप्तान स्टफेन जेरार्डले सहज गोल गरे ।

खेलको ६० औं मिनेटमा अल्बर्टो मारेनाले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै लिरभपुललाई ३-० को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र लिरभपुल विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment