Comments Add Comment

३१ वर्षपछि अष्ट्रेलियाविरुद्ध जिम्बाबेको जित

१५ भदौ, काठमाडौं । जिम्बाबेले एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ३१ वर्षपछि पराजित गरेको छ ।

आइतबार भएको पहिलो एकदिवसीय क्रिकेटमा जिम्बाबेले ३ विकेटको जित हात पारेको हो । यसअघि सन् १९८३ मा हराएको थियो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २१० रनको लक्ष्य जिम्बाबेले अन्तिम १२ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो । उसका लागि इल्टनले अविजित ५२ रनको योगदान दिए ।

यसअघि पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०९ रन बनाएको गियो । उसका लागि माइकल क्लार्कले अविजित ६८ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment