Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको कार्यालयमा छापा मारेको ४ गाडी कागजपत्र नियन्त्रणमा लिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले फेरि गोलमेचको कसरत भइरहेको, सुराकी लगाएर वीरेन्द्रको सम्पत्ती खोज्न प्रधानमन्त्रीले लगाएको, एक जनालाई साक्षर बनाउने विद्यार्थीले १० अंक पाउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले संविधान निर्माणका विषयमा भदौ २१ भित्र सहमति नभए निर्वाचन प्रक्रिया हुने संकेत भएको, एमालेमा पदाधिकारीको हैसियतका विषयमा विवाद भएको, यसपालीको दसैं १३ दिनको मात्रै रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले संवैधानिक समितिका सभापतिहरुले विमतीका विषयलाई संविधानसभामै पठाउन सुझाव दिएको, अञ्चल अस्पतालमै विशेषज्ञ डाक्टर पढाइ हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले कर्मचारीलाई तनाव नियन्त्रण गर्न सिकाउन लागिएको, दाहाललाई संयोजक मान्न दुई सर्त रहेको, बाढीपीडित त्रिपालमुनी बसेर दिन काट्दै गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment