Comments Add Comment

ला लिगामा रियल मड्रिडको सिजनको पहिलो हार

Real Sociedad vs Real Madrid

१६ भदौ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार व्यहोरेको छ ।

आइतबार राति भएको खेलमा २ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कमव्याक गर्दै रियल सोसिडाडले युरोपियन च्याम्पियन रियल मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले पाँचौ मिनेटमा सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । उनको टोनी क्रुजको पासमा गोल गरेका हुन् ।

११ औं मिनेटमा ग्यारेथ बेलले अग्रता दोब्बर पारे । उनले लुका मोड्रिकको पासमा गोल गरे । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोली खेलमा फर्कियो । ३५ औं मिनेटमा मार्टिनेजले गोल गरे भने ४१ औं जुरुटुजाले बराबरी गोल गरे ।

दोस्रो हाफको ६५ औं मिनेटमा जुरुटुजाले व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा भेलाले गोल गरेपछि रियल सोसिडाड ४–२ गोल अन्तरले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment