Comments Add Comment

पाल टाँगेर बस्छन ३५ परिवार, गाउँनै बगाउँदा पनि प्रशासन वेवास्था गरेको आरोप

BhotekoshiFlood  (2)

१६ भदौ, बजुरा । बाजुराको उत्तरपूर्वी भेगमा रहेको रुगिन गाविसको एउटा गाउँ नै बाढीलेे बगाएपछि स्थानीय लेकमा पाल टाँगेर बसेका छन् ।
गत विहीवार किउँडीखोला बस्तीमा पस्दा रुगिनको किउँडी गाउँका ३५ घर चपेटामा परेका छन् ।

साउनको अन्तिम सातादेखि निरन्तर आएको वर्षामा उर्लेको खहरे गाउँ पसेको प्रहरी चौकी बिच्छ्याले जनाएको छ । बाढीले किउँडीका ८० मध्ये ३५ घर बगाएको थियो । बाढी गाउँ पस्न थालेपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए । गाउँमा सञ्चार सेवा नभएका कारण ढिलोगरी समाचार बाहिर आएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बाढीले स्थानीय बीरबहादुर रोकाया, बाँचुलाल रोकाया, धनकृष्ण लुवार, वीरेन्द्र लुवार लगायतको घर बगाएको छ । अहिले पीडितहरु लेकमा पाल टाँगेर बसिरहेको बीरबहादुर रोकायाले बताए ।

गाउँ नै बगाउँदा पनि सरकारले वास्ता नगरेको भन्दै पीडितहरु जिल्ला सदरमुकाम मार्तडी आएका छन् । उनीहरुले आफूहरुलाई राहत दिन माग गरेका छन् । जिल्ला प्रशासनमा राहतको माग गरे पनि कुनै सुनुुवाई नभएको पीडित बीरबहादुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment