Comments Add Comment

सरकारी कर्मचारीलार्इ रिस नियन्त्रण गर्न सिकाइँदै

१६ भदौ, काठमाडौ । आफूभन्दा कनिष्टको पदोन्नति भयो आफ्नो भएन कहाँ भन्ने ? हाकिमबाट केही कुरामा गाली खाइयो, के गर्ने ? थोरै तलबबाट महिनाभर पारिवारिक आवश्यकता धान्न कठिन भयो, के गर्ने ?tanab

सरकारी कर्मचारीमा यसरी उत्पन्न हुने तनाव ब्यवस्थापन गर्ने निश्कर्षमा सरकार पुगेको छ । सरकारले कर्मचारीलाई क्षमता र पेशागत ज्ञानसँगै तनाव ब्यवस्थापन गर्न निकाउने उद्देश्यले ‘राष्ट्रिय तालिम कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेको हो । मन्त्रीपरिषदमा पठाइएको तालिमसम्बन्धी प्रस्तावमा ब्यक्तिगत, सामाजिक तथा कार्यस्थल वातावरणका कारण उत्पन्न हुने तनावसँग जुध्न सिकाउने पाठ्यसामग्री राखिएको अन्नपूर्ण पोष्टमा खबर छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले तालिम दिन लागिएको हो । ‘कर्मचारीमा सवैभन्दा पहिले बजार भाउ अनुसार तलबभत्ता नबढ्दा ब्यक्तिगत र पारिवारिक तनाव हुने देखिएको छ,’ उनले भने ।

सामाजिक दायित्व बढी भएका कर्मचारीले ती दायित्व पूरा गर्न नसक्दा पनि तनाब ब्यहोर्नुपर्ने हुन्छ । त्यस्तै सरुवा भएर परिवारबाट टाढा हुँदा, भनेका बेला बिदा नपाउँदा, कार्यालय प्रमुख र सहकर्मीसँग सम्बन्ध विगि्रदा कर्मचारीमा तनाव देखिने गरेको छ । कार्यथलोमा इमान्दार भएर काम गर्दा वा कुनै काम गर्न र नगर्न भन्दै आउने धम्कीले पनि कर्मचारीमा तनाव हुने गरेको पाइन्छ । ‘यस्तै तनावको ब्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान सिकाइनेछ’, अधिकारीले भने । उनका अनुसार पहिले तालिम दिइरहेका निकायलाई यसमा प्रयोग गरिनेछ ।

बिकसित देशमा काम बढी भएर हुने तनाव ब्यवस्थापन गर्न निश्चित समयपछि एक महिना बिदा दिइने तथा मानसिक शान्तिको तालिम दिने गरिएको अधिकारीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment