Comments Add Comment

उपत्यका बाहिरका अस्पतालमा पनि विशेषज्ञ डाक्टर पढाइ हुने

१६ भदौ, काठमाडौ । सरकारले चिकित्साविज्ञान प्रतिष्ठान (न्याम्स) मा सञ्चालित विशेषज्ञ चिकित्सक -एमडी/एमएस) उत्पाद कार्यक्रमलाई क्षेत्रीय, उपक्षेत्रीय र अञ्चलअस्पतालसम्म विस्तार गर्ने भएको छ ।

Doctorन्युन शुल्कमा गुणस्तरीय चिकित्सक उत्पाद बढाउँदै काठमाडौबाहिर पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदा गर्ने भन्दै प्रतिष्ठान सभा -सिनेट)ले आइतवार यस्तो निर्णय लिएको नागरिक दैनिकले खबर छापेको छ ।

६-६ महिनामा बस्नुपर्ने सिनेट राजनीतिक विवादका कारण आइतवार चारवर्षपछि सम्पन्न भएको हो । स्वास्थ्यमन्त्री अध्यक्ष रहने प्रतिष्ठानसभामा विभिन्न विश्वविद्यालयका उपकुलपतिसहित २४ उच्च पदाधिकारी सदस्य छन् । सिनेटको निर्णय मन्त्रालयले अनुमोदन गरेपछि कार्यक्रम सुरु हुन्छ । हाल सरकारी तहमा पोखरा र सुर्खेतमा क्षेत्रीय, दाङ्, वीरगञ्ज र डडेलधुरामा उपक्षेत्रीय तथा ११ वटा अञ्चल अस्पताल छन् । यी अस्पतालमा ५ देखि ११ विशेषज्ञ चिकित्सक दरबन्दी छ ।

प्रतिष्ठानका रजिष्ट्रार डा.किरण मानन्धरले सिनेट बैठकले विशेषज्ञ चिकित्सक उत्पादन कार्यक्रमलाई अञ्चल तहसम्म विस्तार गर्ने निर्णय गरेकेा जानकारी दिए । उनले आगामी शैक्षिक वर्षदेखि नै विद्यार्थी संख्या बढाएर सुरुमा क्लिनिकल अभ्यासको पोस्टिङ् गर्ने र अर्को वर्षदेखि त्याहाँ पठनपाठनसमेत गर्ने गरी कार्यक्रम विस्तार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment