Comments Add Comment

लिग वानमा जाल्टन इब्राहिमोभिचको ह्याट्रिक

Zlatan Ibrahimovic

१६ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका स्ट्राइकर जाल्टन इब्राहिमोभिचले फ्रान्सको लिग वानमा सिजनको पहिलो ह्याट्रिक गरेका छन् ।

इब्राहिमोभिचको ह्याट्रिकको मदतमा पीएसजीले आइतबार राति भएको खेलमा सेन्ट एटियानलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

पेरिसमा भएको खेलमा पीएसजीले उपहार गोलबाट अग्रता लिएको थियो । ४१ औं मिनेटमा इब्राहिमोभिचले म्याक्सवेलको पासमा गोलको खाता खोले ।

दोस्रो हाफको ६२ औं मिनेटमा इब्राहिमोभिचले व्यक्तिगत दोस्रो गोल गरे । लगतै म्याक्सवेलको पासमा काभानीले गोल गर्दै पीएसजीलाई ४–० को अग्रता दिलाए ।

Zlatan Ibrahimovic 1

खेलको ७२ औं मिनेटमा इब्राहिमोभिचले सिजनको पहिलो ह्याट्रिक पूरा गरे ।

स्वीडेनका इब्राहिमोभिच सिजनको सुरुमै चोटबाट पीडित भएपछि डिफेण्डिङ च्याम्पियन पीएसजीले सुरुका तीन खेलमा ५ अंक मात्र बटुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment