Comments Add Comment

चेपाङको संरक्षण गर्न कतारमा अभियान

१६ भदौं, चितवन । चितवनको रत्ननगर-१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्र सञ्चालनको लागि आर्थिक सहयोग संकलनको गर्न कतारमा अभियान सुरु गरिएको छ ।
आर्थिक अभाबका कारण केन्द्र सञ्चालन गर्न कठिनाई भएको समाचार सञ्चार माध्यमजाट थाहापाएपछि वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका नेपालीहरुले अभियान सुरु गरेका हुन ।
गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका गल्फ सह संयोजक पूर्ण केसीको अनुरोधमा एनआरएन आइसिसीको सल्लाह र एनआरएन एनसिसीको सहयोगमा अभियान सुरु गरिएको कतारबाट कृष्ण पराजुलीले जानकारी दिए ।
अभियानमा सहयोग गर्न कतारमा कार्यरत सहयोगीहरु, व्यवसायी, बुद्धिजीविहरुलाई आग्रह गरिएको गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका गल्फ सह संयोजक पूर्ण केसीले जानकारी दिए ।
अभियानमा सहयोग जुटनेक्रम सुरु भएको र २ लाख आर्थिक सहयोग संकलन गरी केन्द्रलाई हस्तान्तरण गर्ने लक्ष्य लिईएको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment