Comments Add Comment

कस्तुरीको बीना र सतुवासहित वनरक्षक पक्राउ

१६ भदौ, संखुवासभा । जिल्ला वन कार्यालय संखुवासभाका वनरक्षक छिरिङरिदर भोटे कस्तुरीको बीनासहित पक्राउ परेका छन् ।
दुर्लभ बन्यजन्तु कस्तुरीको बीनासहित उनको साथबाट ४ सय ३५ केजी सतुवा नामक जडिबुटी बरामद भएको छ ।

संखुवासभा हटिया गाविस घर भएका ३६ वर्षका छिरिङरिदर भोटेलाई प्रहरीको गस्ति टोलीले आइतबार सदरमुकाम खाँदबारीको टुडिखेलबाट सामानसहित पक्राउ गरेको हो ।
बोरा भएको सामान शंकास्पद भएपछि चेकजाँचका क्रममा ४ सय ३५ केजी सतुवा बरामद गरिएको प्रहरी प्रमुख डिएसपी कमल थापाले बताए ।

पक्राउ गरिएको सतुवाको स्थानीय बजार मूल्य ३० लाख बढी छ । एक केजी सतुवा १० हजार रुपैया सम्ममा बिक्री हुँदै आएको पक्राउ परेका छिरिङले बताए । कस्तुरीको बीनाको मूल्य भने ५० लाखभन्दा बढी पर्ने जानकारहरु बताउँछन् ।
लाक्पासांगे शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment