Comments Add Comment

१३ डीआइजी बढुवामा एक नम्बरकै एसएसपी छुटे

१६ भदौ, काठमाडौं । नेपाल प्रहरीका १३ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।

आइतवार राति अबेरसम्म बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीको नाम डीआइजी बढुवाका लागि मन्त्रिपरिषदमा पठाउन सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा रामकुमार खनाल, मनोहर रिमाल, पूर्णसिंह खड्का, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, बिजयलाल कायस्थ, मधु पुडासैनी र माधव जोशी छन् ।

त्यस्तै केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधव नेपाल छन् पनि बढुवा सिफारिसमा परेका छन् ।

को-को परेनन् ?

बढुवा सिफारिसमा बरिष्ठताका आधारमा एक नम्बरमा रहेका रविप्रताप राणालाई पारिएको छैन । उनी आइजीपी उपेन्द्रकान्त अर्यालसँगै प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन् ।

त्यस्तै अर्यालकै अर्का ब्याजी ज्ञानोदराज वैद्य पनि डीआइजी बढुवाको सिफारिसमा परेका छैनन् । उनी बरिष्ठताको रोलक्रममा ५ नम्बरमा थिए ।

सोही ब्याजका रामकुमार खनाल, पूर्णसिंह खड्का र मनोहर रिमाल तीनजना मात्र बढुवा सिफारिसमा परेका छन् ।
रोलक्रमकै ६ र ७ नम्बरमा रहेका एसएसपी रणबहादुर चन्द र हेमन्तवहादुर पाल पनि सिफारिसमा परेका छैनन् ।
बरिष्ठतम १६ जनाभित्र रहेका घनानन्द भट्ट पनि सिफारिसमा परेनन् ।

दरबन्दी थपियो

नौ डीआइजीहरु एआइजीमा बढुवा भएपछि प्रहरीमा १३ जना डीआइजीको पद खाली भएको थियो । प्रहरीमा ३२ जना डीआइजीको दरबन्दी छ ।

हालै एआइजीमा बढुवा भएका नौजना आइजिपी उपेन्द्रकान्त अर्याल बढुवा भएपछि खाली भएको एक समेत गर्दा १० डीआइजी खाली थिए ।

त्यस्तै डिआइजी टपेन्द्रध्वज हमाल अवकाशमा गएपछि रिक्त रहेको एकसहित महिला डीआइजीद्वय पार्वती थापा र विमला थापाको समेत रिक्त दरवन्दी जोड्दा खाली रहेका १३ दरबन्दीमा बढुवाको सिफारिस भएको हो ।

पार्वती र विमलाको हकमा महिलाका लागि मात्र भनेर सिर्जना गरिएको दरबन्दीलाई मन्त्रिपरिषदले साबिक दरबन्दीमै गाभेपछि थप दुई एसएसपीले यसैपटक डीआइजी बढुवामा मौका पाएका हुन् ।

अरुको बढुवा पनि खुल्यो

एसएसपीबाट डीआइजी बढुवा भएपछि अन्य अधिकृतहरुको पनि बढुवाको बाटो खुलेको छ ।
नेपाल प्रहरीका १३ एसएसपी, १६ एसपी, ५० डिएसपी, १ सय १५ इन्सपेक्टर, चार सय सइ, सात सय असइ र करीव १ हजार ५ सय हवल्दारको बढुवाका लागि अब बाटो खुलेको छ ।

बढुवा सिफारिसको पत्र

DIG-LIST-1

Dig-Letter-2pg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment