Comments Add Comment

भारतमा कार्यरत नेपालीका समस्याबारे लखनऊमा बहस

१६ भदौ, नयाँ दिल्ली । भारतमा सार्वजनिक यातायात एवं सीमानामा हुने नेपालीमाथिको लुटपाटविरुद्ध उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई ज्ञापनपत्र बुझाउने तयारी भारतमा रहेका नेपालीले गरेका छन् ।

लखनऊस्थित गान्धी भवनमा ‘प्रवासी नेपालीहरुको रोजगारीको समस्या तथा नेपालको जलस्रोतको विकासबीचको अन्तरसम्बन्ध’ विषयक विचारगोष्ठीको समेत तयारी भइरहेको अखिल भारत नेपाली एकता समाज मूलप्रवाहका महासचिव खगेश्वर शर्माले बताएका छन् ।

शर्माका अनुसार सेप्टेम्बर २१ मा हुने सो विचारगोष्ठीमा नेपाल र भारतका विज्ञ एवं विशेषज्ञलाई आमन्त्रण गरिएको छ । गोष्ठीमा सन् १९५० को सन्धीद्वारा प्रदत्त प्रावधानका विषयमा पनि छलफल हुने बताइएको छ ।

यसैवीच लखनऊमा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ अखिल भारत सम्मेलनको तयारीमा भइरहेको शर्माले बताए । सम्मेलनको उदघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद चित्रबहादुर के.सी.ले कार्यक्रम रहेको बताइएको छ ।

अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपालीहरुलाई विभिन्नखाले समस्याबारे आजाव उठाउँदै आएको छ । भारतमा रहेका नेपालीमाथि पर्ने प्राकृतिक विपत्ति, दुर्घटनाका साथै बेचिएका नेपाली चेलीबेटीहरुको उद्धारमा समाजले भूमिका खेल्दै आएको छ ।

भारतमा नेपालीमाथि हुने हत्या, हिंसा, बलात्कार र झुठा मुद्दाका साथै सीमानामा नेपालीमाथि हुने लुटपाट, कुटपीट एवं अभद्र व्यवहारका विरुद्ध एकता समाज संघर्षरत रहँदै आएको छ ।

-धनवीर पुन, नयाँदिल्लीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment