Comments Add Comment

वामदेवले भने- क्षेत्रीबाहुनलाई घोचपेच नगरौं

१६ भदौ, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा उपप्रधानमन्त्री वामदेव गौतम र जनजाति नेताबीच जुहारी चलेको छ ।

Bamdev-Gautam
फाइल फोटो । तस्वीरः अनलाइनखबर

समितिको सोमबार बसेको बैठकमा समावेशीकरणलाई लिएर विवाद भएको हो । संवैधानिक परिषद् गठनसम्बन्धी छलफलमा जनजाति नेताहरुले राष्ट्रिय जीवनमा योगदान दिएका तथा विज्ञको तर्फबाट नियुक्त गरिने सदस्यहरु समावेशिताका आधारमा चयन गर्नुपर्ने बताएका थिए ।

तर, एमाले उपाध्यक्षसमेत रहेका गृहमन्त्री गौतमले साना-साना कुरामा समेत समावेशी भनेर बखेडा नझिक्न आग्रह गरे । ‘जातिपातिको कुरा छाडिदिनुस्, यो सबै परिर्वतन तपाईहरुले घोचपेच गर्दै आएको उपल्लो जाति(क्षेत्री बाहुन) कै नेतृत्वमा भएको हो’ गौतमले भने-‘त्यही जातिलाई घोचपेच नगरौं ।’

लगत्तै गोपाल दहित, रुक्मिणी चौधरीसहितका सभासदहरुले गौतमले चर्तिकला थाहा भएको भन्दै विरोध गरे ।

बैठकपछि सभासद दहितले अनलाइनखबरसँग कुरा गर्दै गौतमले समोवशी चाहिँदैन, देश बनाउनु छ कि छैन भन्ने जस्ता कुरा गरेकाले आफूहरुले विरोध जनाएको बताए ।

विद्या भण्डारीको नियमापत्ति

समिति सदस्य एवं एमाले उपाध्यक्ष विद्यार्थी भण्डारीले ‘चर्तिकला भनेको के हो ?’ भन्दै नियमापत्ति जनाइन् । समितिका सभापति डा. बाबुराम भट्टराईले जसले जे भने पनि राम्रो मनसायले नै भनेको भन्दै बैठक अघि बढाएका थिए ।

अन्त्यमा के भयो सहमति ?

समितिको बैठकले प्रधानमन्त्री एवं सरकार प्रमुखको अध्यक्षतामा गठन हुने पाँच सदस्यीय संवैधानिक परिषदमा प्रतिनिधिसभाका सभामुख, प्रधानन्यायाधीश, विपक्षी दलका नेताका साथै राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रबाट विशिष्टता प्राप्त गरेका व्यक्तिहरु राख्ने सहमति गरेको छ ।

बैठकले नयाँ संविधानमा संवैधानिक परिषदलाई समावेशी बनाउन समावेशिताका आधारमा एक सदस्य रहने सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment