Comments Add Comment

न्याय सेवाका सहसचिवलाई बढुवा नगरिएकोमा सर्बोच्चद्वारा जवाफ माग

१६ भदौ, काठमाडौं । सर्बोच्च अदालतले हालै मन्त्रिपरिषदले गरेको सचिव बढुवामा न्याय सेवाका एकजना पनि नपारिएको र कामु सचिवमा समेत न्याय सेवाका सहसचिवलाई भेदभाव गरिएको सम्बन्धका कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलाशले मन्त्रिपरिषदका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि ७ दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।

नेपाल सरकारको सचिव पदमा वढुवाको लागि सिफारिश भएका न्याय सेवाका ७ जना वरिष्ठ सह-सचिवहरु मध्ये १ जनालाई पनि सचिव पदमा बढुवा नगरिएपछि पीडितको तर्फबाट रिट दायर भएको थियो ।

१० जना रिक्त सचिव पदमा का.मु. मुकरर गर्दा समेत न्याय सेवाका बरिष्ठ सह-सचिवहरु मध्येबाट १ जनालाई पनि मुकरर नगरी प्रशासन सेवाका कनिष्ठ सह-सचिवहरु लाई नियुक्ती गरेको आरोप लगाउदै न्याय सेवाका सहसचिवले रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment