Comments Add Comment

ओलीले भिड्नलाई निहुँ खोजेको नेपालको आरोप

१६ भदौ, काठमाडौं । मनोनित सभासद सिफारिस प्रकरणले एमालेको पदाधिकारी बैठकमा तनाव सिर्जना भएको छ । कार्यवाहक अध्यक्ष बामदेव गौतमले सोमबारै दुईपटक पदाधिकारी बैठक राखिसकेका छन् । वैठकमा माधव नेपाल आक्रामकरुपमा प्रस्तुत भएका छन् ।

Madhav-Nepal-बिहानको पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रुपमा बोलाइएका माधवकुमार नेपालले सभासद मनोनयनमा मनपरि भएको भन्दै संस्थापन पक्षसँग भिड्ने चेतावनी दिएका छन् ।

एमालेका एक पदाधिकारीका अनुसार सिंहदरवारस्थित संसदीय दलको बैठकमा नेता नेपालले सभासद मनोनयनमा एकलौटी गरेको भन्दै भिड्ने हो भने आफू तयार रहेको बताएका हुन् ।

एमाले महासचिव ईश्वर पोखरेलले भने नेपालले केही आवेशमा आएर बोले पनि पदाधिकारी बैठकले अध्यक्ष केपी ओली भारतबाट फर्केपछि यसलाई सम्बोधन गर्ने गरी मिलाइसकेको बताए । अध्यक्ष ओली स्वाथ्योपचारका लागि दिल्लीमा छन् ।

एमालेले ८ जना सभासदहरुको मनोनयन गर्दा माधव नेपाल नेपालमा थिएनन् । कैलाश पर्वतबाट नेता नेपाल स्वदेश नर्फकंदै अध्यक्ष ओली उपचारका लागि दिल्ली गएकाले दुई नेताको भेट हुने सकेको छैन ।

सोमबार बिहानको बैठकमा आमन्त्रित सदस्यका रुपमा बोलाइएका नेता नेपाल सभासद मनोनयनको विषयलाई लिएर आक्रामकरुपमा प्रस्तुत भएका थिए ।

निहँु खोज्ने हो भने आफू ओलीसँग भिड्न तयार रहेको नेता नेपालले बैठकमा चेतावनी दिएका थिए । उनले पार्टीलाई गुटबाट चलाउन खोजिएको बताएका थिए ।

ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष बनेका गौतमले नेताहरुल्ााई आफ्ना असन्तुष्टि बाहिर सार्वजनिक नगर्न आग्रह गरेको सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आवेगको अभिव्यक्ति

एमाले महासचिव पोखरेलले माधव नेपालको आक्रोशबारे अनलाइनखबरसँग भने- ‘अलिअलि आवेगमा आएर केही कुरा भए पनि पदाधिकारी कुनै आधिकारिक कमिटी होइन, त्यसैले नेताहरुका कुरा अध्यक्ष आएपछि सम्बोधन हुने आश्वासन कार्यवाहक अध्यक्ष गौतमले दिनुभएको छ ।

कार्यवाहक अध्यक्ष गौतमले सोमबार साँझै पुनः पदाधिकारी बैठक बोलाएका छन् । यो बैठकमा पनि माधव नेपाल पक्षधर पदाधिकारीले सभासद मनोनयन लगायतका विषयमा संस्थापनन पक्षलाई अप्ठेरो पार्ने अनुमान केही नेताहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment