Comments Add Comment

क्रिकेट प्रशिक्षक पुबुदु दशानायकेसँग १० महिने सम्झौता

Pubudu
१६ भदौ, काठमाडौं । सरकारले क्रिकेट प्रशिक्षक पुबुदु दशानायकेसँग १० महिने सम्झौता गरेको छ ।

मन्त्रिपरिषद्को पूर्वनिर्णय अनुसार खेलकुद मन्त्रालयले प्रशिक्षक दशानायकेसँग औपचारिक रुपमा सम्झौता गरेको हो । खेलकुद मन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका सहसचिव चुडामणि गौतम र प्रशिक्षक पुबुदुले हस्ताक्षर गरेका छन् ।

उनको करार अवधि आजैबाट लागू भएको छ । सम्झौता जुन १५ मा सकिनेछ । यो अवधिमा पुबुदुले सिनियरसँगै यू-१९ राष्ट्रिय टोली समेत सम्हाल्नेछन् । खेलकुद मन्त्रालयका लागि भने उनले नेपाली क्रिकेट टिमको सल्लाहकारको भूमिका निर्वाह गर्नेछन् ।

सरकारले पुबुदुलाई मासिक १० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । साथै बसोबार तथा अन्य खर्चका लागि मासिक दुई लाख रुपैयाँ अतिरिक्त खर्च पनि दिइनेछ । दुबैमा कर लाग्नेछ ।

खेलकुद मन्त्रालयले पुबुदुलाई राष्ट्रिय खेलकुद परिषद् पठाउनेछ भने परिषद्ले नेपाल क्रिकेट संघ क्यानसँग सहमति गर्नेछ ।

सम्झौतामा हस्ताक्षरपछि प्रशिक्षक पुबुदुले अबको ८-९ महिनामा नेपाली क्रिकेटलाई योग्य स्थानमा पुर्‍याउने बताए ।

यसअघि क्रिकेट संघले एक वर्षका लागि सम्झौता नविकरण गर्ने भनेपनि तीन महिने करार थमाएको थियो । उनी विदामा क्यानडा जाँदा क्यानले आर्थिक कारण देखाउँदै सम्झौता नविकरण नगर्ने बतायो ।

तर, खेलाडीहरुको चर्को दबावपछि सरकार स्वयंमले पहल लिएर उनलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment