Comments Add Comment

छाउरा-छाउरीको अनौठो क्याटवाक (फोटोफिचर सहित)

dogie

छाउरा-छाउरीहरु निकै सुन्दर पहिरनमा सजिएका छन् । को भन्दा को कम ? शैलीमा उत्रिएका छाउराछाउरीको तुजुक हेर्दा लाग्छ ती र्याम्पमा उत्रिने तरुनी मोडेलहरुभन्दा कम छैनन् । अमेरिकाको न्युयोर्कमा भएको छाउरा छाउरी सुन्दरी प्रतियोगिताका दृश्य हुन् यी ।

आफ्नो घरमा पालेका कुकुरका बहुमुल्य छाउराहरुलाई महंगो परिधानमा सजाएर प्रतियोगितामा उतारिरहँदा कुकुरका मालिक मालिकनीको फुर्ति पनि कम थिएन । ती छाउरा छाउरीहरुलाई निणर्ायकहरुले विभिन्न विधामा मूल्यांकन गरेर नम्बर प्रदान गरेका थिए ।

dogie2

छाउराछाउरीहरुले मञ्चमा गएर क्याटवाक शैलीमा आफ्नो प्रस्तुती दिएका थिए । प्रसिद्ध फोटोग्राफर सोफी ग्यामाण्डले छाउरा छाउरीको सौन्दर्य प्रतियोगिता ‘न्युयोर्क डगिज एण्ड टियाराज पिजेन्ट’ का रोचक दृश्यलाई क्यामरामा कैद गरेकी छिन् ।

dogie3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment