Comments Add Comment

शिरीषले तोडे पच्चीस वर्ष पुरानो कीर्तिमान

१६ भदौ, काठमाडौं । नेपाल प्रहरी क्लबका शिरीष गुरुङले चौथो एनएसए कप पौडी प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

Sirish-gurungसातदोबाटोस्थित पौडी पोखरीमा भएको खुलातर्फ पुरुष १ सय मिटर फ्रि स्टायल शिरीषले ५८.५५ सेकेन्डमा पूरा गर्दै २५ वर्षअघि स्थापित कीर्तिमान तोडे ।

यसअघि आनन्द लेप्चाको नाममा ५८.८४ सेकेन्डको कीर्तिमान थियो । आनन्दले उक्त कीर्तिमान १९८९ मा पाकिस्तानको इस्लामाबादमा भएको चौथो साफमा बनाएका थिए ।
नेपाल आर्मी क्लबका मिराज प्रजापति दोश्रो र एसभीआईका देवेश मानन्धर तेश्रो भए ।

शिरीषले ४ सय मिटर फ्रि स्टायलमा पनि स्वर्ण जित्दै व्यक्तिगत स्वर्ण संख्या तीन पुर्‍याए । उनले निर्धारित दूरी पूरा गर्न ५ मिनेट ०५.४३ सेकेन्ड समय निकाले । अघिल्लो दिन उनले ५० मिटर फ्रि स्टायलमा स्वर्ण जितेका थिए । एसभीआईका देवेश मानन्धर दोश्रो तथा आर्मीका विशन क्षेत्री तेश्रो बने ।

पहिलो दिन खुलामा १ र उमेरसमूहमा २ गरी ३ स्वर्ण जितेका एसभीआईका देवेशले दोश्रो तथा अन्तिम दिन खुलातर्फ थप दुई स्वर्ण चुमे ।

देवेशले २ सय मिटर व्यक्तिगत मिड्लेमा २ मिनेट ४६.६५ सेकेन्ड समय लगाउदै शीर्ष स्थान कब्जा गरे । आर्मीका दिलिप थापा मगर दोश्रो र केएमसीका शुभम श्रेष्ठ तेश्रो भए । त्यस्तै २ सय मिटर ब्याकस्ट्रोकमा २ मिनेट ५३.११ सेकेन्ड समय निकाल्दै देवेश २ सय मिटर ब्याकस्ट्रोकमा पनि पहिलो भए । लिङकनका गेलेन केली दोश्रो र आर्मीका दिलिप थापा मगर तेश्रो स्थानमा रहे ।

पुरुषको १ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीका किरण कार्की पहिलो भए । आर्मीकै रुपेश चौधरी र टीकाराम थापा क्रमशः दोश्रो र तेश्रो भए । पुरुषको ५० मिटर बटरफ्लाइमा आर्मीका दिलिप थापा मगर ३०.९९ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहे । मेरिगोल्ड क्लबका जयन्तप्रकाश गुरुङ दोश्रो तथा आर्मीका जनक राई तेश्रो भए ।

महिलाको ५० मिटर फ्रि स्टायलमा लिङकनकी सोफिया शाह पहिलो भइन् । सोफियाले निर्धारित दूरी ३०.९५ सेकन्डमा पूरा गरिन् । लिङकनकै ओसिना भारती दोश्रो भइन भने द बि्रटिस स्कुलकी तेन्जिङ यिगा लामाले तेश्रो स्थानमा चित्त बुझाइन् । महिलाको २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी सोनिरा विष्टले सहभागी सबै प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण जित्ने क्रममा ३ मिनेट २४.७५ सेकेन्ड समय निकालिन् । पाठशाला नेपालकी आस्मा तामाङ दोश्रो र लिङकनकी अदिती धिताल तेश्रो भए ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको उमेरसमूहतर्फ पुरुष १० वर्षको ५० मिटर ब्याकस्ट्रोकमा जोन डेवीका नासिर याहया हुसैन पहिलो भए । उनले ४४.३८ सेकेन्ड समय लगाए । लिटिल एन्जल्स (एलए) स्कुलका अभिषेक कार्की दोश्रो र बि्रटिसका लुइट विलियम्स तेश्रो भए । महिला १७ वर्षको १ सय मिटर पि|m स्टायलमा किस्ककी गे्रस आईएम पहिलो भइन् । गे्रसले १ मिनेट २०.१९ सेकेन्ड समय लगाइन् । एलएकी स्विकृति घिसिङ दोश्रो र गोल्डेनगेटकी रोजा केसी तेश्रो भए । महिला १२ वर्षको ५० मिटर बटरफ्लाइमा बि्रटिसकी तेन्जिङ यिगा लामा पहिलो भइन् । यिगाले ४०.२७ सेकेन्ड समय निकालिन् । जोन डेवीकी सेरेना गुरुङ दोश्रो र नोब्सकी स्वणिर्मा तामाङ तेश्रो भए ।

पुरुष १० वर्षको ५० मिटर फ्रि स्टायलमा जोन डेवीका नासिर -३५.५९ सेकेन्ड), महिला १४ वर्षको १ सय मिटर फ्रि स्टायलमा लिङकनकी ओसिना भारती (१ मिनेट १४.२१ सेकेन्ड), पुरुष १२ वर्षको ५० मिटर फ्रि स्टायलमा केएमसीका शुभम श्रेष्ठ -३०.८० सेकेन्ड), महिला १० वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकमा रातो बंगलाकी अनुष्का पोखरेल (५२.८५ सेकेन्ड), पुरुष १४ वर्षको १ सय मिटर बटरफ्लाइमा लिङकनका गेलेन केली (१ मिनेट ३४.७५ सेकेन्ड), महिला १७ वर्षको १ सय मिटर ब्याकस्ट्रोकमा जेभियर एकेडेमीकी शिला गुरुङ (१ मिनेट ३५.४० सेकेन्ड), महिला १४ वर्षको १ सय मिटर ब्याकस्ट्रोकमा लिङकनकी ओसिना भारती (१ मिनेट २४.९६ सेकेन्ड) तथा पुरुष १७ वर्षको १ सय मिटर बटरफ्लाइमा बाबा बोर्डिङ हाइ स्कुलका किरण कार्की (१ मिनेट २२.५३ सेकेन्ड) ले स्वर्ण जिते । दोश्रो तथा अन्तिम दिनका विजेतालाई मंगलबार पुरस्कृत गरिने पौडी संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment