Comments Add Comment

‘कोहिनुर’ हेर्दा रोएरै बिताइन श्वेताले दुई घण्टा (फोटो फिचरसहित)

Sweeta khadka in film hall  (4)

१६ भदौ, काठमाडौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको अन्तिम फिल्म कोहिनुर हेर्न पहिलोपटक हलमा पुगेकी पत्नी श्वेता खड्काले रोएरै दुई घण्टा बिताइन् ।

 सोमबार साँझ काठमाण्डौको कुमारी हलमा आयोजित बिशेष प्रर्दशन हेर्न पुगेकी श्वेताले अतिथिलाई नमस्ते गर्ने बाहेक एक शब्द पनि बोल्न सकिनन् । फिल्मका दृष्य हेर्दा उनी मिनेट मिनेटमा झक्कानिएको देखिन्थ्यो । केहीबेर घोप्टिएर आँसु पुछेपछि फेरि फिल्म हेर्न खोजेपनि उनले एकाध मिनेटभन्दा लामो समयसम्म हेर्न सक्दिनथिइन् ।

Sweeta khadka in film hall  (1)पतिबियोगको पीडामा डुबिरहेकी श्वेताको आलो घाउलाई फिल्मका दृष्यले उल्टै दुखाएझैं, पीडा दिएझैं देखिन्थ्यो ।  फिल्म हेर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, संचारमन्त्री मिनेन्द्र रिजाल, सभासद्हरु तथा कलाकारहरु हलमा पुगेका थिए ।

आकाश अधिकारीको निर्देशन तथा श्रीकृष्ण र श्वेताको निर्माणमा बनेको फिल्ममा श्वेता र श्रीकृष्णको अभिनय रहेको छ ।

Sweeta khadka in film hall  (2)श्रीकृष्ण र श्वेताको प्रेम रसायन मार्मिक: भट्टराई
माओवादी नेता डा. बाबुराम भट्टराईले श्रीकृष्ण श्रेष्ठ निर्मित अन्तिम फिल्म ‘कोहिनुर’को प्रसंसा गरेका छन् । निर्माताहरुकै निम्तोमा सोमवार कुमारी हलमा फिल्म हेरेका डा. भट्टराईले संचारकर्मीसँग  प्रसंसा गरेका हुन् । यस्तै भट्टरार्इले श्वेतालार्इ सान्तोना समेत दिएका थिए ।

यस्तै  सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘स्व श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ हेरेर नेपालका एक उत्कृष्ठ कलाकार र असल ब्यक्तित्वप्रति श्रद्धान्जलि अर्पण गर्ने अवसर मिल्यो ।’ कोहिनुरलाई ब्यबसायीक फिल्महरु मध्ये उच्चकोटीको भन्दै उनले कथानक, प्रस्तुति, अभिनय उत्कृष्ठ रहेको बताए ।

साथै उनले श्रीकृष्ण र श्वेताको रिल र रियल दुबै जीवनको प्रेम रसायन मार्मिक छ भन्दै श्रीकृष्णलाई हार्दिक श्रद्धान्जलि दिएका छन् । Sweeta khadka in film hall  (3)

Sweeta khadka in film hall  (7)

Sweeta khadka in film hall  (8) Sweeta khadka in film hall  (9)




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment