Comments Add Comment

लोडसेडिङ सम्बन्धीको नेपाली एप्स लोकप्रिय बन्दै

loadshedding-nepal-app
१७ भदौ, काठमाडौ । पछिल्लो समय नेपाली भाषामा निर्माण भएको ‘लोडसेडिङ् सेड्युल एप्स’ दिन प्रतिदिन लोकपि्रय बन्दै जान थालेको छ । बढ्दो लोडसेडिङ्ले आजित भएका नेपालीहरुलाई यो एप्सले दैनिक कामकाजमा निकै सहज बनाएको छ ।

अत्याधिक मन पराइएको लोडसेडिङ् तालिका एप्सको विकासकर्ता चन्द्र श्रेष्ठ र एलिजा श्रेष्ठ हुन् । उनीहरुले एप्स तयारी गर्दा यत्तिको लोकपि्रय होला भनेर कल्पनासमेत गरेका थिएनन् । नेपालमा लोडसेडिङ् दैनिक रुपमा बढ्दै जानथालेपछि त्यसको जानकारी मोबाइलबाटै दिने उद्देश्यले श्रेष्ठद्वयले एप्सको विकास गरेका थिए । यो एप्स नेपालीहरुले अत्याधिक उपयोग गरेको उनीहरु बताउँछन्, राजधानी दैनिकमा खबर छ ।

यस्तै, ‘आई नेपाली म्युजिक’ अर्को लोकपि्रय एप्स हो । नेपाली संगीतका पारखीहरुका लागि लोकपि्रय यो एप्सको निर्माण सञ्जय घिमिरेले गरेका हुन् । उनले विभिन्न एफएम रेडियोहरुको उत्कृष्ट १० गीतलाई एप्समा समेट्ने गरेका छन् । यो एप्सलाई नेपालमा मात्र नभई विदेशमा बसेका नेपालीहरुले पनि रुचाएको उनले बताए ।

विश्व बजारमा मात्र होइन, हिजोआज नेपाली बजारमा पनि नेपाली एप्सको विकासक्रम बढ्दो छ । गुगलको प्ले-स्टोरमा नेपालीले बनाएको एप्स पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ । नेपालीले केही यस्ता महत्वपूर्ण एप्स बनाएका छन्, जो दैनिक जनजीवनमा महत्वपूर्ण सावित भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment