Comments Add Comment

अपराधीलाई पक्रँदै पोलिग्राफ टेस्ट, ठूलो परिवर्तन ल्याएको दाबी

polygraph
१७ भदौ, काठमाडौ । झुटो बोलेको पत्ता लाग्ने पोलिग्राफ टेष्ट प्रविधि प्रयोगपछि नेपाल प्रहरीले धमाधम अपराधी पक्रन थालेको छ । अधिकांश पोलिग्राफ टेष्टले अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुरेन्द्रबहादुर शाहले बताए ।

‘पोलिग्राफ टेष्ट अनुसन्धानमा निकै प्रभावकारी देखिएको छ,’एआइजी शाहले भने, ‘अपराध अनुसन्धान प्रक्रियामा यसले ठूलो परिवर्तन ल्याइएदिएको छ ।’

गत वर्ष सिराहामा एक ब्यक्तिको हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी हत्या गरेर मकैबारीमा शव फालिएको थियो तर, घटनामा दोषी पत्ता लगाउँन नसकेको प्रहरीले चार महिनाअघि शंकास्पद दुईजना ब्यक्तिमाथि पोलिग्राफ टेष्ट गरेको थियो । ती शंकास्पद ब्यक्तिले नै हत्या गरेको खुल्यो र प्रमाणसमेत भेटिए । एक वर्षअघिको हत्या रहस्य पोलिग्राफ टेष्टले सजिलै खुलाई दिएको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।

झुटो बोल्दा हुने शारिरीक परिवर्तनका आधारमा पोलिग्राफ टेष्ट हुने गर्छ । धेरै देशमा अनुसन्धानमा प्रयोग हुने गरेको पोलिग्राफ टेष्ट नेपाल प्रहरीले गत २३ माघबाट सुरु गरेको हो । त्यसयताको सात महिनामा प्रहरीले २ सय ६७ जनामाथि पोलिग्राफ टेष्ट गराएको छ ।

अमेरिकी सरकारको सहयोगमा नेपाल प्रहरीले पोलिग्राफ प्रविधि भित्राएको हो । अमेरिकी दूताबासले नेपाल प्रहरीलाई सो प्रविधि भित्राउन सात करोड रुपैंयाँ बराबरको सहयोग गरेको थियो । पोलिग्राफ मेसिन, तालिम तथा परामर्शमा दूतावासले नै सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment