Comments Add Comment

फल्काओ आउँदा वेलब्लेक र हनान्डेजले युनाइटेड छाडे

Radamel Falcao

१७ भदौ, काठमाडौं । राडामेल फल्काओलाई लोनमा भित्र्याउँदा ड्यानी वेलब्लेक र हनान्डेजले म्यानचेष्टर युनाइटेड छाडेका छन् ।

कोलम्बियाका स्टार स्ट्राइकल फल्काओ फ्रान्सेली क्लब मोनाकोबाट ६ मिलियन पाउण्डमा एक सिजनका लागि लोनमा आएका हुन् ।

५० मिलियन पाउण्डमा एल्थेटिको मड्रिडबाट मोनाको गएकाले उनले चोटका कारण लिगमा २० खेलमात्र खेल्न सके । चोटकै कारण उनले ब्राजिल विश्वकप गुमाए ।

वेलब्लेक आर्सनलमा

इङ्ल्याण्डका फवार्ड वेलब्लेक भने १६ मिलियन पाउण्डमा आर्सनल गएका छन् । २३ वर्षका वेलब्लेकले ६ वर्षे सम्झौता गरेका छन् ।

८ वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा आवद्ध भएका उनले लागि क्लबका लागि १४२ खेलमा २९ गोल गरेका छन् ।

बेन्जिमाको विकल्प हनान्डेज

Javier Hernandez

फल्काओ वर्ल्ड ट्राफर्ड आएपछि युनाइटेड छाड्ने अर्का स्ट्राइकर हुन् जाभियर हनान्डेज । उनी लोनमा एक सिजनका लागि युरोपियन च्याम्पियन रियल मड्रिड गएका छन् ।

मेक्सिकोका २६ वर्षीय हर्नान्डेजलाई करिम बेन्जिमाको ब्याकअपका रुपमा हेरिएको छ । २०१०÷११ उनले युनाइटेडबाट डेब्यू गरे र २० गोल गर्दै प्रिमियर लिग च्याम्पियन बनाउन सघाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment