Comments Add Comment

माओवादीले अन्तर्राष्ट्रिय भाइचारा संगठनसँगको सम्बन्धलाई ब्युँताउने

१७ भदौ, काठमाडौ । नेकपा-माओवादीले अन्तर्राष्ट्रिय भाइचारा संगठनसँगको सम्बन्धलाई ब्युँताउने भएको छ । एकले अर्को देशको आन्दोलनलाई समर्थन र एक्यवद्धता जनाउने उद्देश्यले विगतमा ‘रिम’ (माओवादी पार्टीहरुको राष्ट्रिय संगठन) को नाममा सम्बन्ध बनाउका पार्टीसँगको सम्बन्धलाई उसले पुनः ब्युँताउन लागेको हो ।

नेपालमा एमाओवादीको शान्तिपूर्ण अवतरण र अमेरिकामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष वभ अभाकियनको ‘न्यू सिन्थेसिस’ को अवधारणाले रिमको अस्तित्व समाप्त भएको थियो । विगतमा रिमको अस्तित्व समाप्त भएको कारण खोजी गर्दै नेकपा-माओवादीले नयाँ ढंगले त्ययस्तो संगठनको पुर्नगठन र नविकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । त्यस्तो संगठन निर्माणका लागि उसले पार्टीको तर्फबाट प्रस्ताव नै तयार पारी दुईखाले विकल्प अघि सारेको राजधानी दैनिकमा खबर छ ।

विगतकै रिमलाई पुनःस्थापित गर्ने कि नयाँ ढंगको अन्तर्राष्ट्रिय पहलकद्मी लिने भन्ने दुई बिकल्पसहितको प्रस्ताव उसले तयार पारेको छ । विगतकै रमिलाई पुनःस्थापित गर्दा पहिले नसमेटिएका पार्टीलाई समेट्न नसकिने भएकाले दोस्रो विकल्प उत्तम हुन सक्ने उसको प्रस्ताव छ । त्यसका लागि उसले पहिलो चरणमा विश्वभर खुला रहेका माओवाद विचारधारा मान्ने पार्टीहरु र त्यसपछि क्रमशः भूमिगत पार्टीहरुसँगको सम्पर्क स्थापित गर्ने रणनीति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment