Comments Add Comment

धूमधामका साथ गौरापर्व मनाइँदै

१७ भदौ, काठमाडौं । नेपालको सुदूर तथा मध्यपश्चिममा धूमधामका साथ गौरा पर्व मनाइँदैछ । भदौ कृष्णपञ्चमीदेखि गाउँबस्तीमा मांगलिक गीतहरु गाएर सुखशान्तिको कामनाका साथ यो पर्व मनाउने गरिन्छ ।
पहिले सुदूरपश्चिम र मध्यपश्चिममा विशेष रुपमा मनाइने गौरा पर्व त्यस क्षेत्रका मानिसहरुको बसोबास गर्ने स्थान परिवर्तन भएसँगै राजधानीलगायत पोखरा, चितवन, हेटौंडा लगायतका क्षेत्रमा पनि विशेष रुपमा मनाउन थालिएको छ ।

यो पर्वमा गौरा (पार्वतीको रुप) तथा महादेवको विशेष पूजाआरधना गर्ने गरिन्छ । आज विहानैदेखि शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

कृष्णपञ्चमीबाट सुरु हुने यो पर्वमा पहिलो दिन पञ्च अन्न मिलाएर बिरुडा भिजाउने चलन छ । बिरुडा यो पर्वको पवित्र परिकारका रुपमा लिइन्छ । विरुडा भिजाएपछि गौरापर्वको विधिवत् सुरुआत भएको मानिन्छ ।

वर्षाको काम सकेर थकाइ मार्ने तथा हरियाली मौसम सुरु भएको बेला मनाइने गौरा पर्वलाई महिलाहरुले धार्मिक आस्थाका साथै सुखदुःख साटासाट गर्ने अवसरका रुपमा पनि लिने गरेका छन् । पञ्चमीका दिन बिरुडा भिजाएका महिलाहरुले सप्तमीका दिन खेतमा गएर कुश, दूबो, धान, काँस, साउँ गरी पाँच प्रकारका विरुवा ल्याई विशेष प्रकारका सामग्री निर्माण गर्ने प्रचलन रहेको पण्डित रामप्रसाद मिश्रले बताए । यसलाई सज्जा भनिन्छ । सप्तमी र अष्टमीका दिन महिलाले व्रत बसेर पूजाआज गर्ने गर्दछन् ।

सुदूरपश्चिममा जन्मिएर काम विशेषले राजधानी आएकाहरुले गौरा पर्वकै अवसरमा टुँडिखेलमा जम्मा भएर देउडा गाउने पनि गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment