Comments Add Comment

धार्मिक र सांस्कृतिक परम्परा हाम्रा पहिचान र सम्पत्तिः प्रधानमन्त्री

Susil-koirala

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले धार्मिक र सांस्कृतिक परम्परा हाम्रा मौलिक पहिचान र अमूल्य निधि भएको बताएका छन् ।

गौरापर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री कोइरालाले नेपाली जनताका धार्मिक तथा सांस्कृतिक लगायतका मौलिक हक र राजनीतिक स्वतन्त्रतालाई आउने संविधानमा पनि सुरक्षित राख्न प्रेरणा मिल्ने उल्लेख गरेकाछन् ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले भनेका छन्-‘जुनसुकै क्षेत्रको भए पनि सबैलाई समान नजरले हेर्ने तथा जुन जाति, धर्म र भाषी भए पनि अर्कालाई सम्मान र आदर गर्ने नेपाली परम्परा रहेको छ । ‘बसुधैव कुटुम्बकम्’को वास्तविक मर्मलाई सबैले आत्मसाथ गर्नुपर्छ ।’

कोइरालाले आपसी भाइचारको विकास गर्दै मनाइने यस पर्वमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment