Comments Add Comment

भरतपुर अस्पतालमा आइसोलेसन वार्ड स्थापना

१७ भदौ, चितवन । भरतपुर अस्पतालले इबोला भाइरस भित्रिन नदिन छुट्टै आइसोलेसन वार्ड (विशेष कक्षा) स्थापना गरेको छ ।

शङ्का लागेका बिरामीलाई अन्य बिरामीभन्दा छुट्टै राखेर उपचार गराउन यस्तो वार्ड बनाइएको हो । अस्पतालले छुट्टै कक्षा स्थापना गरेर आवश्यक सावधानी अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हरिबहादुर केसीले जानकारी दिए ।

आवश्यक तयारीसँगै प्राविधिक राख्ने विषयमा छलफल भइरहेको र अहिलेसम्म मेडिकल चिकित्सकलाई सो विषयमा जानकारी गराएको र वार्डका लागि आवश्यक सुविधा तथा विशेषयन्त्र भने आइनसकेको उनले बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कक्षा स्थापना गर्न निर्देशन दिएपछि सो अस्पतालले यस्तो व्यवस्था गरेको हो । दुईसय शययाभन्दा बढी भएका अस्पताललाई सरकारले विशेष कक्षा स्थापना गर्न निर्देशन दिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गएको फेब्रुअरीमा पश्चिम अफ्रिकाबाट यो भाइरस फैलिएको हो । अहिलेसम्म यो रोगबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

एक गम्भीर प्राणघातक रोग भएको भन्दै सङ्गठनले यसको मृत्युदर ९० प्रतिशत रहेको छ । यसको सङ्क्रमण भएको मानिसमा उच्च ज्वरो आउने, आन्तरिक रक्तस्राव हुने, टाउको दुख्ने, खाना नरुच्ने र श्वासप्रश्वासमा समस्या हुने गर्दछन् ।

यो रोग सन् १९७६ मा पहिलोपटक सुडान र कङ्गोमा फेला परेको सङ्गठनले जनाएको छ । यो मानिसको रगत पसिना तथा शरीरको अन्य तरल पदार्थको सम्पर्कबाट सर्ने चिकित्सकले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment