Comments Add Comment

आधा क्विन्टलको पगरी लगाउने अवतार सिंह (फोटोफिचर सहित)

Avtar singhपञ्जावीहरुको लागि पगरी पहिचान नै हो । तर एकजना पञ्जाबीको पगरी भने विशेष छ । हुनत उनको नामै विशेष छ । हो, अवतार सिंह मौनी नामका एक पञ्चाबीले ४५ किलो तौलको पगरी लगाउने गरेका छन् ।


Avtar singh2
अवतार सिंह विश्वमा सबैभन्दा ठूलो तथा गह्रौँ पगरी लगाउने मान्छे हुन् । उनको पगरीमा प्रयोग भएकेा कपडाको लम्बाइ २१ सय १५ फुट छ । अर्थात् उनको पगरीकेा कपडाको लम्बाइलाई ओलम्पिक खेल खेलाउने पौडी पोखरीसँग दाँज्ने हो भने १३ वटा पोखरीको लम्बाइ बराबर हुन्छ ।

अवतार सिंह ६० वर्षका छन् र पछिल्लो १६ वर्षदेखि उनले हरेक दिन यो पगरी पहिरिने गरेका छन् । ४५ किलोको पगरी टाउकोमा लगाउँदा पनि उनलाई भारी महसुस हुँदैन । उल्टै त्यो पगरी नलगाएको बेला उनलाई केही अपूरो भएजस्तो लाग्छ । पगरी नलगाइकन हिँड्न थाले भने उनको खुट्टा लरखराउँछन् र ठीक ठाउँमा टेक्दैनन् । जब पगरी लगाउँछन् तब ठमठमी हिँड्छन् । उनलाई यो पगरी फुकालेर पूरै लगाउनै झण्डै ६ घण्टा लाग्छ ।

Avtar singh5
अवतार सिंह भारतको पञ्जाबस्थित पटियालाका बासिन्दा हुन् । यदि उनले दाबी गरे अनुसार उनको पगरीकेा लम्बाइ २१ सय १५ फुट भएको प्रमाणित भएमा उनी विश्वमा सबैभन्दा लामो पगरी लगाउने मानिसको रुपमा गिनिज बुकमा अटाउनेछन् । अहिलेसम्म मेजर सिंह नामका व्यक्ति विश्वमा सबैभन्दा लामो पगरी लगाएका मान्छेको रुपमा गिनिज बुकमा छन् । उनको पगरीको लम्बाइ १३ सय १२ फुट थियो ।

अवतार सिंहको पगरीमा भएको कपडाको तौल ३० किलो र गहनाको तौल १५ किलो गरी जम्मा ४५ किलो छ ।

उनले टाउकोमा गह्रौँ पगरी मात्र होइन हातमा पनि धेरै गह्रौँ चुराहरु लगाउने गरेका छन्, जसको तौल नै झण्डै ४० किलो छ । ठूलो पगरीको कारण घरमा ढोकाबाट छिर्न पनि मुस्किल हुन्छ । कारमा त उनी छिनै सक्दैनन् । त्यसैले यताउति जानु पर्यो भने मोटरसाइकलमा चढेर जाने गरेका छन् ।

Avtar singh 3


Avtar singh6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment