Comments Add Comment

अख्तियारको मुद्दा मिलाइदिन्छौं भन्दै पैसा असुल्ने गिरोह पक्राउ

Ghus-khane-pakrau

१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा मिलाइ दिने भन्दै पैसा उठाउने पाँच जनालाई अख्तियारकै टोलीले मंगलवार अपरान्ह रंगेहात पक्राउ गरेको छ ।

काठमाडौंको दरवारमार्गस्थित रोयल साइनो रेष्टुरेन्टमाबाट २ लाख रुपैयाँ नगद सहित उनीहरुलाई पक्राउ गरिएको अख्तियार प्रमुख लोकमानिसंह कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा माधव अधिकारी, जीवन बम, रामकुमार बस्नेत, रुपक केसी र राजु सुनार छन् ।

उनीहरुले अख्तियारमा अनुसन्धान भइरहेको मुद्दाको फाइल मिलाइदिने भन्दै सम्बन्धित व्यक्तिसँग १० लाख रुपैयाँ मागेका थिए । पछि बार्गेनिङ गर्दै २ लाख रुपैयाँमा कुरा मिलाएका उनीहरुले पैसा लिएर आउन भनेपछि अख्तियारमा जानकारी दिएका थिए ।

त्यसपछि अख्तियारले नै नम्बर लेखेर दिएका नोटको बिटो लिएर रोयल साइनो पुगेका उनले पैसा दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

बिभिन्न जिल्ला घर बताउने उनीहरुको पेशा खुलेको छैन । उनीहरुमाथि भ्रष्टाचार ऐन अनुरुपनै कारवाही हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment