Comments Add Comment

साँघुरियो चोली तिम्रो, क्या दामी भो बोली तिम्रो…

choli-timro
काठमाडौं । किशोरीहरुको उमेरमा यस्तो दिन पनि आउँछ । चोली साँघुरिन्छ । घाँघर छोटो हुन्छ । तैपनि उनिहरु त्यही लुगा लगाएर हिंडन चाहन्छन् । किनकी त्यही साँघुरो चोली र छोटो घाँघरभित्र उनिहरुको सौन्दर्य लुकेको आभाष हुन्छ ।

यस्तै प्रसंग समेटिएको गीत लिएर आएका छन् संभोज मल्ल । ‘साँघुरियो चोली बोलको गीत गाएका संभोजले म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन् । जुन भिडियो अहिले लोकपि्रय छ ।  उनको म्युजिक भिडियो हेरेर मनोरञ्जन लिनेहरु बढेको बढ्यै छन् ।

पाँच वर्ष अगाडी संगीत क्षेत्रमा प्रवेश गरेका उनले सोचेका थिए नाम र दाम दुबै चिज छ यसमा । तर अहिले उनलाई त्यस्तो लाग्दैन । भन्छन् – नाम चाँही छ, दाम त त्यस्तै हो ।  शब्द, संगीत र स्वर तीनै विधामा दख्खल राख्ने संभोजले अघिल्लो एलबमको गीत गोरी सुना रे… धेरैले मन पराए । एल्बम हिट भयो । गीत हिट भएपछि उनका प्रसंसकहरु पनि बढ्दै गए ।

अहिलेसम्म १६ वटा गीत गाएका संभोज तन्नेरी पुस्ताले मन पराएका गायकका रुपमा चिनिन्छन् । उनका प्राय गीतले टिनएज वरिपरिका केटोकटीको कथा भन्ने गरेकाले पनि त्यही उमेर समूहका स्रोता उनका प्रसंसक छन् ।

प्रविधी बलियो हमी कमजोर

Sambhoj-Mallaप्रसंसकहरु बढेपनि प्रविधीमा भएको विकासले गायक संगीतकार ठगिंदै गएको महसुस् गरेका छन् उनले । गीत रेकडिङ, म्युजिक भिडियो निर्माण गर्दा रामै्र खर्च हुन्छ । तर, म्युजिक भिडियो एवं एल्बमै बेचेर कमाउन सक्ने अवस्था छैन अहिले ।

सिआरबिटी, पिआरबीटि प्रविधीले उपलब्ध गराइदिएको कमाई गर्ने नयाँ विकल्प हो गायक गायिकाको लागि । यस्ता प्रविधीको कमाइ भरपर्दो नभए जस्तो लाग्छ उनलाई । त्यसो त राज्यले पनि प्रविधीका विषयमा स्पष्ट मापदण्ड बनाउन सकेको छैन । उनि भन्छन ‘अब गायक गायिकाले के गरेर कमाई गर्ने भन्नेमा राज्यले स्पष्ट गरिदिनुपर्छ ।’

विदेशमा गाउने रहर छ

नेपालभित्र आयोजना भएका केही स्टेज कार्यक्रममा सहभागी भएका  संभोजले स्टेजमा गाएर राम्रै स्यावासी पाएका छन् । कार्यक्रम आयोजक र दर्शक उनको स्वरवाट प्रभावित छन् ।

स्वादेशका दर्शक खुसी भएपनि विदेशमा बस्ने नेपालीहरुले उनको स्वर सुन्न पाएका छैनन् प्रत्यक्ष । यस वर्षको तीजमा कोरीयावाट गीत गाउने निम्तो आएको थियो तर, आफ्नै ब्यस्तताले उनलाई कोरिया जानवाट रोकेछ ।

गीत गाएर पैसा कमाउन नसकेकोमा खासै गुनासो छैन उनको । आफुलाई चिन्ने दर्शकहरु बढ्दै गएकोमा खुसी छन् उनि ।
भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment