Comments Add Comment

जीवन लुइँटेलको एप्स अब एप्पलमा, सुटिङ छोडेर अमेरिका जाँदै

jiwan luitel
एन्ड्रोइड मोबाइलमा मात्र डाउनलोड हुने नायक जीवन लुइटेलको एप्स अब आइफोनमा पनि उनका फ्यानले डाउनलोड गर्न सक्नेछन् । करिब १० हजार भन्दा बढी मानिसले एन्ड्रोड मोबाइल मार्फत जीवनको व्यक्तीगत एप्स डाउनलोड गरेका थिए । प्रविधीको विकाससँगै यसमै दौडन सक्ने जीवनले केही समयअघि मात्र आफ्नो एप्स सार्वजनिक गरेका थिए ।

आइओएस भर्सनमा ल्याएपछि जीवनले अब आफ्नो एप्समा कथा, कविता पनि समावेश गर्ने जनाएका छन् । जीवन प्रविधिीसँगै दौडेर एप्स सार्वजनिक गर्ने पहिलो नेपाली कलाकार हुन् । यसैविच, नायक जीवन लुइटेल  व्यस्त सेड्यूलका बाबजुत शुक्रबार अमेरिका प्रस्थान गर्ने भएका छन् ।

३ दिनका लागि अमेरिका जान लागेको जीवनले सम्मान समेत थाप्ने जनाइएको छ । उनी यतिबेला चलचित्र ‘भूलभुलैया’को छायांकनमा व्यस्त छन् । ३ दिन सुटिङ छोडेर उनी अमेरिका जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment