Comments Add Comment

संघीय लोकतान्त्रिक गणतन्त्रमा राप्रपा नेपाल र जनमोर्चाको असहमति

१७ भदौ, काठमाडौं । राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रमा सैद्धान्तिक असहमति राखेका छन् । संवैधानिक-राजनीतिक संवाद तथा समितिको मंगलबारको बैठकले न्यायपालिका र राज्यका निर्देशक सिद्धान्तमा सहमति गरेको छ ।

बैठकले न्यायपालिका र मौलिक हकअन्तर्गतका अधिकांश विषयमा सहमति भए पनि सम्पत्ति हकको विषय भने निष्कर्षमा पुग्न बाँकी रहेको समितिका सभापति डा. बाबुराम भट्टराईले बताए ।

बैठकले राज्यको निर्देशक सिद्धान्तमा पनि सहमति गरेको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र’मा सबै राजनीतिक दलले सहमति जनाएका छन् । समितिका सदस्य लक्ष्मणलाल कर्णले समानुपातिक समावेशी सहभागिता र सामाजिक व्यवस्थासहित सङ्घीय एकाइ निर्माण गरेर लोकतान्त्रिक अधिकारसहितको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’मा सहमति भएको बताए ।

तर, राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको सैद्धान्तिक असहमति रहेकाले ती पार्टीको फरक मतसहित सहमति भएको सभापति डा. भट्टराईले जानकारी दिए ।

राज्यको पुनःसंरचना र शासकीय स्वरुपका विषयमा छलफल भए पनि राजनीतिक दलका आ-आफ्ना अडान दोहोर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment