Comments Add Comment

एनसेलको सुपरनेट योजना, डेटा चलाउँदै जाँदा शुल्क कम हुँदै जाने

१७ भदौ, काठमाडौं । एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि ‘सुपरनेट’ नामक नयाँ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले अब एक रुपैयाँमै एक एमबीसम्मको दरमा डेटा प्रयोग गर्न सक्नेछन् ।

सुपरनेट यहि भदौ १८ गते बाट शुरु भई तीन महिनासम्म लागु हुनेछ । यसमा डेटा भल्युमलाई ६ वटा ब्लकमा विभाजन गरिएको छ । ग्राहकले जति डेटा प्रयोग गर्दै Ncell-Towerजानेछन् त्यहि अनुरुप स्वतः यी खुड्किला चढ्दै जानेछन् र प्रत्येक खुड्किलामा डेटाको मूल्य पहिलेको भन्दा घट्दै जानेछ ।

प्याकबीना डेटा चलाउँदा एक एमबी डेटाको शुल्क ६ रुपैयाँ लाग्दै आएकोमा अब सुपरनेटमा पहिलो एक एमबीमा मात्र सो दर लाग्ने कम्पनीले जनाएको छ । त्यसपछिको १ देखि २ एमबी डेटा प्रयोग गर्दा शुल्क घटेर ५ रुपैयाँ प्रतिएमबी, २ देखि ३ एमबीको ४ रुपैयाँ प्रतिएमबी लाग्ने छ ।

त्यसैगरि, ३ देखि २० एमबीसम्मको ३ रुपैयाँ प्रतिएमबी, २० देखि १०० एमबीसम्मको २ रुपैयाँ प्रतिएमबी, १०० देखि २०० एमबीसम्मको १ रुपैयाँ ५० पैसा प्रतिएमबी र २०० एमबी भन्दा बढी डेटा प्रयोग गरेमा १ रुपैयाँ प्रतिएमबी लाग्ने बताइएको छ । कम्पनीका अनुसार यी दरहरु कर बाहेक हुन् ।

यसरी एनसेलका पि्रपेड ग्राहकले सुपरनेटमा सहभागी भई मुल्यमा लाभ लिन सक्नेछन् । ग्राहकले १७१०३ डायल गरि सुपरनेटमा निःशुल्क सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । डेटा प्रयोगको गणना गर्दा सुपरनेटमा सहभागी भएको दिनदेखि ३० दिनसम्म प्रयोग गरेकोे भल्युमलाई लिइनेछ । कम्पनीका अनुसार ३० दिन पश्चात नयाँ गणना शुरु हुनेछ ।

‘प्याकमा हामीले ३० पैसा प्रति एमबि (कर वाहेक) सम्म डेटा उपलब्ध गराइरहेकोले हामी आफ्ना ग्राहकलाई प्याक लिएर नै डेटा चलाउन सल्लाह दिन्छौं । तैपनि कतिपय ग्राहकले प्याक विनै डेटा चलाउन रुचाउने हुनाले, हामीले सुपरनेट योजना ल्याएका हौं । यसले उनीहरुलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ’ एनसेलकी कर्पोरेेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment