Comments Add Comment

दीगो पर्यटन पथप्रदर्शक तालिम सम्पन्न

Pathpardasak-Talim
१७ भदौ, काठमाडौं । देशमा दीगो पर्यटनको विषयमा विभिन्न बहस भइरहेको बेला राजधानीमा १२ दिने ‘दिगो पर्यटन पथप्रदर्शक तालिम’ सम्पन्न भएको छ । म्याप नेपाल ट्राभल एण्ड टुर्सले आयोजना गरेको उक्त टे्रनिङमा २५ जनाको सहभागिता रहेको थियो ।

तालिममा प्रशिक्षकको रुपमा कृष्ण खरेल, दीपक महत, हुमबहादुर गुरुङ, रामबहादुर कुँवरलगायत रहेका थिए । तालिम समापन कार्यक्रममा बोल्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निर्देशक चुडामणी कट्टेलले देशमा दिगो पर्यटनको लागि सबैले योगदान दिनुपर्ने बताउँदै यस तालिमले त्यसमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले देशको आर्थिक विकासको लागि राज्यले पर्यटनलाई प्राथमिकतामा राखेको र विनालगानी पनि आयाआर्जन गर्न सकिने क्षेत्र भएको हुँदा देशको सबैभन्दा सम्भावना पर्यटन क्षेत्रमै रहेको जिकिर गरेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक लिला बानियाँले नेपालमा दिगो पर्यटनको आवश्यकता औल्याउँदै यस्तो तालिमले दिगो पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले नेपाल पर्यटन बोर्डले पनि दिगो पर्यटन प्रवर्द्धनको लागि छुट्टै डिपार्ट सञ्चालन गरिरहेको जनाउँदै आवश्यक सहयोग र सहकार्य गर्न आफुहरु तयार रहेको पनि बताए । यस्तो टे्रनिङ म्याप नेपालले मात्रै होइन अरु ट्राभल कम्पनीहरुले पनि सञ्चालन गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

म्याप नेपालका सिइओ भक्तराम लामिछानेले आफुहरुले यस्तो टे्रनिङ सञ्चालन गरेर राज्यलाई बाटो देखाएको बताउँदै आगामी दिनमा आवश्यकताअनुसार यसलाई विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए ।

उनले नेपाली पर्यटन बजारमा देखिएका विकृति विसंगतिहरुलाई हटाई आवश्यक जनशक्ति उत्पादन र नेपाली कला संस्कृतिको संरक्षणका लागि यतालिम सञ्चालन गरिएको बताए ।

अध्यक्ष सिद्धिचन्द्र बरालले आफुले विदेशमा रहँदा सिकेको ज्ञान र अनुभवलाई नेपालको दिगो पर्यटनसँग जोडेर अघि बढिरहेको बताएका छन् । उनलेे यस्ता तालिमहरुलाई निरन्तरता दिने उल्लेख गर्दै जसको लागि नेपाल पर्यटन बोर्ड, नाथमलगायतका सम्बन्धित निकायसँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment