Comments Add Comment

चितुवासँग दौडने उसेन बोल्टको इच्छा

usain-bolt

१७ भदौ, काठमाडौं । तिब्रगतिका जमैकन धाबक उसेन बोल्टले मौका पाए चितुवासँग दौडिन इच्छा रहेको बताएका छन् ।

भारतको बैगलुरुमा एक कार्यक्रममा भाग लिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै दौडका लागि कार र चितुवा मध्ये एक विकल्प दिए आफूले चितुवा रोज्ने बताए । बोल्ट मंगलबार चेन्नास्वामी स्टेडियममा युवराज सिंह र हरभजन सिंहसँग क्रिेकट खेल्न पुगेका थिए ।

क्रिकेटको चुनौतीबारे सोधिएको प्रश्नमा उनले भने-‘यो ठिक छ । म पनि १०० मिटर दौड १४ वा १४.५ सेकेण्डमा पूरा गर्न चुनौती दिन्छु । यो हेर्न रमाइलो हुन्छ । म पूर्ण रुपमा तयार छु ।’

बोल्टले आफ्नो सबैभन्दा राम्रो दौड जमैकामा भएको बताए, जतिबेला उनी १५ वर्षको उमेरका थिए ।

जमाइकाको प्रतितिधित्व उनका लागि के अर्थ राख्छ भन्ने प्रश्नमा उनले भने-‘निकै शानदार, त्यो मेरो देश हो । हरेक एथलेट आफ्नो देशका लागि खेल्न चाहन्छन् । म सँधै खुसी रहन्छु ।’

दोस्रो खेल करियरबार सोचेको छ भन्ने ?

उनले भने-‘मलाई थाशा छैन । हुन पनि सक्छ, नहुन पनि सक्छ । अहिलेसम्म पूरा जिन्दगी खेलका लागि जिउन चाहन्छु ।’

उसेन बोल्टको रेकर्ड कसले तोड्न सक्छ भन्ने प्रश्नमा उनले यो पहुँच बाहिर रहेको बताए । उनले भने-‘मैले अग्लो मानक स्थापित गरेँ । एथलेटको रुपमा मैले रेकर्ड बनाउँदै गरेको र टुट्दै गरेको देखेको छु । रेकर्ड र राम्रो गर्न चाहन्छु ।’

रियो पछि के छ भन्ने प्रश्नमा उनले फुटबल खेल्ने इच्छा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment