Comments Add Comment

कलाकर्मीको बर्गीकरणमा कलाकार संघकै विरोध

kalakar-sang-bigyaptiनेपाल कलाकार संघले सरकारले गर्न लागेको कलाकर्मीको बर्गीकरणको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तीमा कलाकारहरुको बर्गीकरण गर्न नहुने जनाइएको छ ।

संघका सल्लाहाकारहरुको उपस्थितीमा बसेको कार्यसमितीको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले गर्न लागेको बर्गीकरणको बिषयमा भने आधिकारिक जानकारी नआएसम्म धारणा नबनाउने निर्णय संघले गरेको छ ।

कलाकर्मीहरुको बर्गीकरणमा सबैभन्दा धेरै प्रभाव कलाकारहरुलाई नै पर्ने पक्का छ । कलाकार संघले नै यसको घुमाउरो शैलीमा विरोध गरेपछि बर्गीकरण केही प्रभावीत हुने देखिएको छ ।

नेपाल सरकारले एक कार्यदलको गठन गर्दै कलाकर्मीको ‘क’ र ‘ख’ बर्गमा बर्गीकरण गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment