Comments Add Comment

चकलेटी काजोलको यस्तो चाहना

kajol

अर्घाखाँचीमा जन्मिएकी काजोल खनाल मोडलिङ क्षेत्रमा आफ्नो करिअर बनाउन चाहन्छिन् । मोडलिङ क्षेत्रमा लागेको आधा बर्षमा नै उनले चर्चित कलाकारका गीतमा काम गरिसकेकी छिन् ।

काजोलले गायिका अञ्जु पन्तको ‘जबसम्म मैले सास फेरिरहन्छु’, गायिका माण्डवी त्रिपाठीको ‘खोक्रो खोक्रो भयो जिन्दगीमा’ खुमन अधिकारी र पूर्णकला बिसीको तीज गीतलगायतका गीतमा आफ्नो प्रतिभा प्रष्फुटन गराइसकेकी छन् । ‘सानैदेखि मोडलिङमा रुची भएकोले गर्दा पनि परिवारले पूर्ण समर्थन गरे,’हाल पाल्पामा प्रकाश ढकालको निर्देशनमा बनिरहेको सर्ट फिल्म ‘फलामको बाटो’मा अभिनयरत काजोलले भनिन्,’विद्यालयमा हुने वाषिर्कोत्सवका कार्यक्रममा गीत गाउँने, नाँच्ने र अभिनय पनि गर्ने भएकाले त्यही बेलादेखि नै मनोरञ्जनको क्षेत्रमा काम गर्ने रहर थियो ।’

चलचित्रमा चकलेटी भूमिका गर्न चाहने काजोलको लागि स्त्रिmप्ट भने सुहाउँदो हुनुपर्छ । उसो त चलचित्र क्षेत्रमा सुरुवातमा मोडलहरुले स्त्रिmप्ट राम्रो भएपनि काम गर्ने बताउँछन् । तर पछि सिनेमा पाउनु नै उनीहरुका लागि ठूलो कुरा हुने गरेको छ । चकलेटी भूमिका खेल्न चाहने काजोल यस्ता कुरामा कत्तीको सर्तक होलिन्, हेर्न बाँकी नै छ ।
kajol-1 kajol-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment