Comments Add Comment

ग्रेडले कलाकारको बोलचाल बन्द हुनसक्छ

yadav kharelसरकारले गर्न लागेको कलाकार वर्गिकरणप्रति असहमति जनाउनेहरु बढ्दै गएका छन् । सरकारले वर्गीकरण गरेर विशेष कार्ड बितरण गर्ने कुरा गर्ने वित्तिकै कलाकार संघका अध्यक्ष नवल खड्काले बिरोध जनाएका थिए ।

नबलको विरोध सरकारको प्रकृयाप्रति भन्दा पनि निर्मातासंघका अध्यक्ष राजकुमार राइप्रति लक्षित थियो । कार्यक्रम सम्पन्न भैहाल्यो भने राइले एक्लै जस पाउलान कि भनेर बिरोधमा उत्रिएका खड्काले संस्था मार्फत विज्ञप्ती नै सार्वजनिक गरेका छन् ।

कलाकारको ग्रेड छुट्याउने काम राम्रो नभएको बरिष्ठ निर्देशक एवं कलाकारको भनाई छ । ग्रेड छुट्याएपछि कलाकारहरु विच दुरी बढ्ने उनीहरुको बुझाई छ । अर्को कुरा ग्रेड केको आधारमा छुट्याउने यो आफैमा जटिल प्रकृया भएकाले ग्रेड नछुट्याउनु नै राम्रो हुने सुझाब दिने धेरै छन् ।

ग्रेड छुटि्टएको अवस्थामा कतिपय कलाकारको बोलचालै बन्द हुनसक्ने धारणा राखे एक जना कलाकारले । निर्देशक यादब खरेल भन्छन् ‘कलाकारलाई राष्ट्रले विशेष कार्ड दिनु राम्रो हो तर, त्यसका लागि ग्रेड छुट्याईरहनु जरुरी छैन ।’

यता सरकारले भने सञ्चारमन्त्रालयका सह-सचिब कबिराज खनालको संयोकत्वमा कार्यदल गठन गर्दै नायिका करिष्मा मानन्धर, निर्देशक राजेन्द्र सलभ र पत्रकार भरत शाक्यलाई सदस्यको रुपमा छनौट गरेको जनाएको छ । तर, निर्देशक सलभले आफुलाई यस विषयमा औपचारिक जानकारी नआएकाले केही भन्न नमिल्ने बताए ।

कार्ड दिन ग्रेड छुट्याउन पर्दैन : यादब खरेल
कलाकारको ग्रेड छुट्याउन लागेको भन्ने मैले पनि सुनेको छु । के का लागि ग्रेड छुट्याउन लागेको हो, सरकार स्पष्ट भएजस्तो देखिदैन । कार्ड दिनका लागि ग्रेड छुट्याउन लागेको पनि सुन्नमा आएको छ । कुनै पनि सरकारले आफ्ना देशका कलाकारका लागि विशेष कार्ड उपलब्ध गराउन सक्छ तर, त्यसका लागि ग्रेडै छुट्याउन पर्छ भन्ने छैन ।

ग्रेड के को आधारमा छुट्याउने आफैमा जटिल प्रश्न हो । कला आफैमा अमुल्य साधना हो भने यसमा संलग्न ब्यक्तिलाई कसैले पनि यो वर्ग र त्यो बर्ग भनेर छुट्याउन मिल्दैन । कलाकार भन्ने वित्तिकै पर्दामा देखिने कलाकारको मात्रै कुरा गरेर हुँदैन । पर्दा बाहिर रहेका कलाकारहरुको कलाको सम्मान कसरि गर्ने धेरै कुरामा विचार पुर्‍याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment